संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ।
बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
अनावश्यक हर्न बनाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो ।
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालय दलीयकरणको मारमा परेको बताउनुभएको छ।
लमजुङको दूधपोखरी गाउँपालिका ४ र ५ जोड्न कुयाँले खोलामा मोटर गुड्ने पुल निर्माण गरिएको छ।
पोखराको मुख्य सडकका चोकमा मोटरसाइकल र गाडी पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेध गरेको छ। महानगरपालिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ गर्न पाइने छैन।
सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताउनुभएको छ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवाहरू फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
विश्वकप फुटबल दौरान विदेशी नागरिकहरूका लागि कतार प्रवेश गर्न प्रदान गरिएको प्रवेश पत्र ‘हाया कार्ड’ कोको वैधता सम्बन्धी कतारी आन्तरिक मामिला मन्त्रालयले समय बढाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा विकास, स्थायित्व र सुशासन कायम राख्न राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनु भएको छ।
हालै थाइल्यान्डमा सम्पन्न एएसबीसी एसियन यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिप अन्तर्गत महिला ४८ केजी तौल समूहमा रजत जित्न सफल नेपालकी बक्सर सुस्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट हुनुभएको छ ।
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन् ।