म्याग्दीको बेनीमा भएको खेलकुद सम्बन्धी अन्तरक्रियामा खेलकुदका सरकारी स्थायी प्रशिक्षकहरुले खेलाडीहरुबाट शुल्क उठाउने गरेको बताइएको छ ।
मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ ।
वडा स्थापना भएको ६ वर्ष बित्दा पनि धनकुटाको सहिदभूमी गाँउपालिका वडा नम्बर एकको केन्द्र अझै टुङ्गो लागेको छैन ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताउनुभएको छ ।
कोभिड महामारीलगायत जटिल अवस्थामा पश्चिम नेपालकै सयौं बिरामीको सफल उपचार गर्न सफल बाँकेका चार जना वरिष्ठ चिकित्सकलाई सम्मान गरिएको छ।
हिमाली भेगको चरनक्षेत्र (खर्क) मा आइतबारदेखि बेपत्ता हुनुभएका भेडापालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका ६४ वर्षीय पूर्णबहादुर विष्टको सकुशल उद्धार गरिएको हो।
राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आउनुभएको छ ।
खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्येश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।
काठमाडौं, साउन १७ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिद बिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको शेयर मूल्य किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता शेयर किनबेच भएको छ ।रासस
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नु भएन । स्वदेश फर्किनुभयो ।
स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता नेपालमा हुने भएको छ ।
डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।