• ८ मंसिर २०८१, शनिबार

फिफा महिला विश्वकप : स्विडेन र दक्षिण अफ्रिका नकआउट चरणमा

blog

अर्जेन्टिनाविरुद्ध गोल गरेपछि स्विडेनका खेलाडी । तस्बिर : एपी

काठमाडौं, साउन १७ गते । स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो । 

स्विडेनको जितमा रेबिका ब्लोमक्विस्टले ६६औं र एलिन रुबेनसनले ९०ओं मिनेटमा गोल गर्नुभयो । जितसँगै तीन खेलबाट नौ अङ्क बनाएको स्विडेन समूह विजेता बन्यो । समान खेलबाट एक अङ्क बनाएको अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ । 

यस्तै अर्को खेलमा दक्षिण अफ्रिकालाई जिताउन हिल्दाह मागाए र थेम्वी केगाटालनाले एक एक गोल गर्नुभयो । दक्षिण अफ्रिकादे अर्को गोल इटालीबाट आत्मघाती उपहार पाएको थियो ।

इटालीका लागि दुवै गोल एरिएना करुसोले गर्नुभयो । जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह उपविजेता बन्यो । पराजित इटाली तीन अङ्क जोड्दै विश्वकपबाट बाहिरियो । एजेन्सी