सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ ।
काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मङ्गलबार) पनि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।
गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ ।
हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यस वर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज (मङ्गलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ ।
झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।
माघ अङ्कको आवरणमा देखिएकी सानी नानी हुन् समैरा पोख्रेल । हाल अमेरिकाको भर्जिनियाको ह्वाइट ओएक्स इलिमेन्टरी स्कुलमा कक्षा २ मा पढ्छिन् । अमेरिकामा बसे पनि उनलाई नेपालको धेरै माया लाग्छ । नेपालको धेरै कुराको याद आउँछ । मुख्यतः उनले नेपाली भाषामा नै कुराकानी गर्न, लेख्न र अरूलाई सिकाउन पनि मन पर्छ । समैरालाई मुना पनि असाध्यै मन पर्ने रहेछ । उनले मुनाको फेसबुक पेजमा आफूले पढेको धेरै कुरा हामीलाई सुनाएकी थिइन् । उनले मुना अनलाइनमा नियमित रूपमा पढ्ने गरेको पनि बताइन् । अनलाइनबाटै मैले मुनाका लागि चित्र पनि बनाएर पठाएकी थिएँ । हजुरहरूले मेरो चित्र मुनामा निकालिदिनुभएकोमा धन्यवाद ।
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ ।
नदी बगिरहेको देखिन्छ नदी बगिरहेको सुनिन्छ तर नदी लम्बाइ र चौडाइ मात्र होइन न त दौड्ने गति मात्र हो
मैले जिन्दगीमा कयौँ पटक सम्झौता तोडेकी छु सम्झौता तोडेको अभियोग लगायोस् । समयसँगै चल्न नसकेर रहरहरूको हत्या गरेकी छु, हत्यारा आरोप पुष्टि गरियोस् ।