वैदेशिक रोजगारीमा गएका महिला श्रमिक घरेलु हिंसाको चपेटामा परेका घटना बढ्न थालेपछि सरकारले यसमा कडाइ ग-यो तर वैदेशिक रोजगारीमा महिलाको सहज पहुँच बनाउनुपर्ने माग बेलाबेलामा उठिरहेका छन् । अहिले पनि उठेका छन् । खाडी मुलुकका छ वटा तथा मलेसियासहित सात वटा मुलुकमा घरेलु श्रमिकका रूपमा महिलालाई काम गर्न जान सरकारले रोक लगाएको सात वर्ष भयो । तर पर्यटक र विद्यार्थी भिसाका नाममा गैरकानुनी रूपमा हजारौँ महिला घरेलु श्रमिक हुन विदेश गइरहेका छन् । त्यसलाई रोक्न वैधानिक र
कर्णाली प्रदेश सभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ। प्रदेश सरकारले मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उक्त विधेयक पेस गरेको हो। सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो। मन्त्री जिसीले प्रदेश सभामा पेस गर्नुभएको विधेयकमा ‘प्रदेशको उपलब्ध जलस्रोत तथा नवीकरणीयलगायतका अन्य ऊर्जाका स्रोतको दिगो रूपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत् उत्पादन प्रसारण र वितरणलाई प्रवर्धन गरी उपभोक्तालाई वातावरणमैत्री स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएको’ उल्लेख गरिएको छ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडकखण्डमा पर्ने रुख कटान गर्न डिभिजन वन कार्यालय सुर्खेतले स्वीकृति दिएको छ। रुख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो। कटान अनुमति नपाए पनि सडक क्षेत्रका रुखमा चिनो लगाउने काम यसअघि नै सुरु गरिएको थियो। चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ ।
१. मिस प्लस टु नेपाल–२०२३ को उपाधि कसले जित्नु भयो ? शिक्षा राणा – उहाँले बेस्ट पर्सनालिटीको उपाधि पनि प्राप्त गर्नुभएको थियो । – प्रतियोगितामा याङसी दावा लामा फस्ट रनर अप एवं विशाखा श्रेष्ठ सेकेन्ड रनरअप हुनु भयो । २. हालै सैन्य ‘कु’ भएको अफ्रिकी मुलुक कुन हो ? नाइजर – कर्णेल मेजर अमाडो अब्द्रामानेले नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैन्य विद्रोह सफल भएको घोषणा गरे । उनले सोही घोषणामार्पmत संविधान विघटन गरेको जनाए । – सेनाले त्यहाँका राष्ट्रपति मोहम्मद बाजुमलाई नियन्त्रणमा लिएको छ ।
संविधानले प्रत्याभूत गरेका हकअधिकार १. नागरिक स्वतन्त्रताका लागि संविधानले प्रत्याभूत गरेका हकअधिकारहरू उल्लेख गर्नुहोस् । राज्य वा सरकारको अनुचित हस्तक्षेपबिना नागरिकले आफ्नो जीवन र दैनिकी सञ्चालन गर्न पाउने अवस्था नै नागरिक स्वतन्त्रता हो । नागरिक स्वतन्त्रता निरपेक्ष विषय होइन । अरूको अधिकारको सम्मान र मुलुकको कानुनी परिधिभित्र रही व्यक्तिगत इच्छा अनुसार कार्य गर्न पाउने अवस्थाका रूपमा नागरिक स्वतन्त्रतालाई बुझिन्छ । नागरिकको व्यक्तिगत विकास, आत्मसम्मान, खुसी र सन्तुष्टिका लागि नागरिक स्वतन्त्रता आधारभूत विषय मानिन्छ । नागरिक स्वतन्त्रताका लागि नेपालको संविधानले प्रत्याभूत गरेका हकहरू
बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका २०५४ सालमा स्थापना भएको जिल्लाकै जेठो पालिका हो। २०५४ सालमा तत्कालीन छ वटा गाउँ विकास समिति दशरथचन्द, खलङ्गा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट मिलाएर अमर सहिद दशरथचन्दको नामबाट सो पालिका स्थापना गरिएको हो। २०७३ फागुन २७ गते स्थानीय तहको पुनर्संरचना हुँदा थप छ वटा गाविस गुरुखोला, देहीमाडौँ, दुर्गाभवानी, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाविसका केही वडा मिलाएर हाल यो नगरपालिका ११ वडामा विभाजित छ।
बाजुराको मार्तडी–कोल्टी सडकमा गाडी चल्न थालेको करिब सात वर्ष बितेको छ तर यस सडकखण्डमा पर्ने बाउली गाड (नदी) मा भने पुल बन्न सकेको छैन। बर्खाको समय मार्तडी–कोल्टी सडकको बिचमा रहेको बाउली खोला तर्न निकै समस्या हुने गरेको छ। खोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्ने गरेका छन्। पुल निर्माण नहुँदा बर्खाको समय बाउलीमा मार्तडी–कोल्टी सडकमा चल्ने गाडी खोलाको वारि र पारि रोकिने गरेका छन्। गत साउन ७ गते कैलाली–६, जोशीपुरका ३२ वर्षीय डुबनारायण चौधरीको सो खोलामा बगेर ज्यान गएको छ।
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधवार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बैठक सुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति लगायतका विषयमा समीक्षा समेत बैठकमा हुने कार्यक्रम रहेको छ ।
बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ लागि विनियोजन भएको बजेटको शतप्रतिशत खर्च हुने वातावरण बनाउन पहलकदमी अघि बढाइएको छ। राजनीतिक दलका युवाले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार सङ्घ र प्रदेशका कार्यालयतर्फ जिल्लामा विनियोजन भएको विकास बजेटमध्ये आव २०७९/८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेको थिएन ।
नेपालगन्ज उपमहानगरका दुई वटा वडाका ११ हजारभन्दा बढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा रहेका छन्। उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नम्बर ३ र वडा नम्बर ७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार आठ सयभन्दा बढी सर्वसाधारण भूकम्पको अत्यधिक जोखिममा छन्।
तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।
वर्षा सुरु भएपछि नारायणी नदी किनारमा बस्ने बासिन्दाको चैन गुम्छ। नारायणी नदीको उचित तटबन्ध हुन नसक्दा तटीय क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य छन्। नारायणी तटबन्धबाट नवलपरासीपूर्र्वमा मात्रै ९० हजार बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित छन्। चितवनतर्फ तीन लाखभन्दा बढी प्रभावित छन्। नारायणी तटबन्धका लागि सरकारले पूर्वी नवलपरासी र चितवन जिल्लामा अर्बौं रकम लगानी गरेर तटबन्धको काम सुरु गरेको पनि वर्षौं भइसक्यो तर पनि समयमा रकम निकासा नहुँदा तटबन्ध अलपत्र परेको छ। नारायणी नदीका कारण गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका हरेक वर्षामा प्रभावित हुने गर्छन्। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मलनभक्त अधिकारीले गैँडाकोटको वडा नं १ देखि ९ सम्म तटबन्ध सुरु गरिए पनि रकम अभावले अगाडि बढ्न नसकेको बताउनुभयो।
अरुण गाउँपालिका अन्तर्गत पर्ने जरायोटार र सिक्रेटारमा सुक्खा खडेरीका कारण मकै डढेर नष्ट भएको छ। स्थानीय १२० जना कृषकले १७० हेक्टर क्षेत्रफलमा लगाएको मकै पछिल्लो समय भएको सुक्खा खडेरीले नष्ट भएको हो। असार साउनमा भारी वर्षा हुनुपर्ने हो तर यो वर्ष आकाशे पानी नपर्दा किसानले लगाएको मकैलगायत अन्य खाद्यान्न बाली बारीमै सुकेको छ। कृषकको जीविकोपार्जनको सहारा भनेकै खेतको धान र बारीको मकै हो। किसानले खेत बारीमा लगाएको धान, मकै बेचेर घरायसी खर्च र छोराछोरीको पढाइ खर्च टार्दै आएका छन्।