विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अत्यधिक सेवाग्राहीको भिड हुने कार्यालयमा पर्दछ। मङ्गलबार पनि नागरिकता बनाउन आउने र राहदानीको फोटो र फाराम भर्नेको लाइन छिचोल्न मुस्किल जस्तै थियो। त्यहि भिडमध्ये काखे नानी च्यापेर गोलघरमा मङ्गलबार पालो पर्खने आमाहरू पनि हुनुहुन्थ्यो। अनुहारमा पसिना बगिरहेको थियो, काखमा निदाइरहेका नानीलाई सम्हाल्न मुस्किल देखिन्थ्यो।
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्रलाई प्रदेशभित्रको नमुना उदीयमान सहरका रूपमा विकास गरिने भएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई उदीयमान नमुना सहरका रूपमा विकास गर्न बजेट विनियोजन गरेको हो।
बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ। सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ। प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ ।
तामाङ चलचित्र ‘ङिङ्जे’ को ट्रेलर र ‘भर आरे जिन्दगीला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण भएको उक्त चलचित्र असोज १ गते प्रदर्शन गरिने जानकारीसहित ट्रेलर र चलचित्रमा समावेश गरिएको शीर्ष गीत सार्वजनिक गरिएको हो । चलचित्रमा घरका अभिभावकले अपनाउने संस्कार, व्यवहारलगायतले परिवारका सदस्यमा पार्ने प्रभावबारे बुझाउने प्रयास र समग्र समुदायको राम्रो भविष्यका लागि हरेक घरका अभिभावकले सतर्कतापूर्वक राम्रो आचरणको अभ्यास गर्नुपर्ने सन्देश दिएको छ ।
‘छाडी जान्या सुवा’ गीतको म्युजिक भिडियो तयार भएको छ । म्युजिक भिडियोमा हुम्लाका स्थानीयले अभिनय गरेका छन् । उनीहरूले यहाँका अविवाहित युवतीले लगाउने दौडा लगाएर अभिनय गरेका हुन् । भिडियोमा अभिनय गर्नुभएका नरजन तामाङले युवकयुवतीले देउडा गाउँदै वनपाखामा माया प्रीति लाउने, पछि त्यो माया प्रीति विवाहमा परिणत हुने विषय भिडियोमा समेटिएको बताउनुभयो ।
गौरा पर्व सुदूरपश्चिम (सुप) प्रदेशको महत्वपूर्ण मौलिक चाड हो । सुप प्रदेशका नौवटै जिल्लामा यो पर्व धूमधामका साथ परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । भाद्र शुक्ल अष्टमीका दिन यो पर्व मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय भयो भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ ।
गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीतिसङ्ग्रह ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा सुगम सङ्गीतमा आधारित सात वटा गीत सङ्ग्रहित गीतिसङ्ग्रह लोकार्पण गरिएको हो ।
प्रतिभा बुक बैङ्कको २९ औँ वार्षिकोत्सव र सातोआकी इतो स्मृति दिवसका अवसरमा ‘बुद्ध र शान्ति’ शीर्षकमा आयोजित चित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतिभा समाजद्वारा ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने आयुषा सुनुवार, दोस्रो स्थान हासिल गर्ने आकृति मानन्धर, तेस्रो हुने सर्ग ताम्राकारलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गर्नुभयो ।
पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०-८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले चार अर्ब चार करोड रुपियाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो । बैङ्कले सर्वसाधारणका लागि १६ लाख १६ हजार कित्ता ऋणपत्र बिक्री गर्ने तथा बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैङ्कले जनाएको छ ।
कृषि पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा देखिएका समस्या समाधान गर्ने गरी ऐन, नियमावली, विनियमावली संशोधन भइरहेको बताउनुभएको छ । नार्कको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री भुसालले कृषि तथा पशुपन्छी क्षेत्रको मुख्य अङ्ग अनुसन्धान हो र यसलाई बलियो बनाए मात्र समग्र कृषि क्षेत्रको विकास हुने भएकाले यसका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नार्कका अध्यक्षसमेत रहनुभएका मन्त्री भुसालले ऐन संशोधनलगायत नार्कको समग्र सुधारका लागि अध्ययन गर्न बनेको उच्चस्तरीय समितिले प्रतिवेदन दिनेबित्तिकै नार्कको सुधारका लागि मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आसन्न केन्द्रीय समिति बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग एकता गर्ने विषयमा छलफल हुने भएको छ । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा यसअघि डा. भट्टराईले पठाउनु भएको नौ बुँदे एकता प्रस्ताव पनि समेटिएपछि एकताबारे छलफल हुने भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटान नागरिक उड्डयन प्राधिकरण (भुटान सिएए) ले भैरहवा र पोखरामा सिधा उडानका लागि शुक्रबार पत्र पठाएको जानकारी दिनुभयो ।