चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाको मुख्य बासस्थान मानिएको अमलटारी र यसको आसपासका क्षेत्र गैँडाका लागि प्राकृतिक र मानवीय रूपमै असुरक्षित देखिएको छ। पछिल्लो समय यस क्षेत्रमा धमाधम गैँडा मर्ने र मारिने क्रम बढेसँगै यो क्षेत्र गैँडाका लागि असुरक्षित देखिएको विज्ञहरूले औँल्याएका छन्। गैँडामा विद्यावारिधि गर्नुभएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले यो क्षेत्रमा गैँडा धेरै मरेकाले यसको यकिन पहिचानका लागि अध्ययन हुनुपर्ने बताउनुभयो।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका छन्। दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ।
काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि गत मङ्गलबार आफैँलाई पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनको घटनामा प्रहरीले भाटभटेनी सुपर मार्केट्स सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको छ । आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा लेखेको लामो सन्देशमा भाटभटेनीका सञ्चालक गुरुङले उधारोमा सामान लिने र बक्यौता रकम तिर्न आनाकानी गर्ने तथा ३० प्रतिशतसम्म मार्जिन मागेको उल्लेख गर्नुभएको थियो । त्यसै आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले गुरुङसँग सोधपुछ गरेको हो । परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले उक्त घटनासँग जोडिएका विभिन्न व्यक्तिसँग सोधपुछ तथा बयान लिनेक्रम जारी रहेको बताउनुभयो । सरकारले सो घटनामा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले मिक्लाजुङ गाउँपालिकाका २३ परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।
सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैङ्कले माघ १८ गते बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८४ ‘झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने मङ्गलबार हुने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ ।
भक्तपुर दरबार क्षेत्रमा रहेको पाँच तले मन्दिर (ङातापोल्हँ, न्यातपोल)को जगलाई असर पर्ने गरी खनिएको खाल्डोलाई सोमबार बिहान हतारिँदै पुरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), भक्तपुर नगरपालिका र भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको मिलेमतोमा पाइप बिछ्याउन खन्ने कार्य सम्पन्न गरिएको छ।
पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको छ । आइतबार साँझदेखि भएको बदलीका कारण चिसो ह्वात्तै बढेको हो । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारी वकिलले प्रतिरक्षा गर्नुपर्ने मुद्दा सङ्ख्याका आधारमा कार्यबोझ बढेको छ । अघिल्लो वर्षको तुलनामा कार्यबोझ बढेको महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । दरबन्दी र मुद्दाका अनुपातमा अहिले प्रतिसरकारी वकिलको कार्यबोझ २५७ पुगेको छ । सरकारी वकिलको कुल दरबन्दी ५२१ मा अहिले ५७ पद रिक्त रहेको प्रतिवेदनमा उल्लेख छ । कुल दरबन्दीमध्ये विभिन्न अन्य निकायमा कार्यरतको सङ्ख्या ७३ रहेको छ । अघिल्लो वर्ष यस्तो कार्यबोझ २३० रहेको थियो । २०७८/७९ को वार्षिक प्रतिवेदन महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्नुभएको हो । प्रतिवेदनअनुसार वर्षभरमा मातहत तथा महान्यायाधिवक्ता कार्यालयबाट ५७ पटक कानुनी राय दिइएको छ ।
दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो । अब औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। मुगुमा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन पनि छन्। यद्यपि खेती प्रविधि र बजारमा खासै परिवर्तन देखिएको छैन। परम्परागत कृषि तरिकाले यहाँका नागरिक अधिकांश समय बारीमै खटिए पनि यसबाट फलेको अन्नले चार/छ महिना मात्र खान पुग्छ। हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेसा पशुपालन र कृषि हो।
जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको बताउनुभएको छ। पार्टी पदाधिकारीहरूको बैठकपछि सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो विषयले बैठकमा प्रवेश नै नपाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गृहमन्त्रीका बारेमा निर्णय गर्ने भएकोले यो विषयले पार्टीभित्र प्रवेश गरेन।” सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाउनुभएको थियो। सो पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले आवश्यक निर्णय गर्नुभएको छैन हाल आफ्नै मातहतमा राख्नुभएको छ।
खुला सीमा र कमजोर नियन्त्रण व्यवस्थाको फाइदा उठाउँदै अवैध रूपमा भारतबाट कुखुराको मासु, चल्ला र अन्डा भित्रिएपछि स्वदेशी कुखुरापालन व्यवसाय भने सङ्कटमा छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रशासनले केही दिन सीमा क्षेत्रमा कडाइ गरेको भए पनि कुखुराको मासु, चल्ला र अन्डा अवैध रूपमा भित्रिने क्रम फेरि बढेको व्यवसायीले गुनासो गरेका छन् ।
विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए।
बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ ।