सरकारले जलाधारको पुनरुत्थान र जीवीकोपार्जन सुधार परियोजनाका लागि २० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो ।
सहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताउनुभएको छ।
बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन हुन लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ।
इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गर्ने म्याग्दी मंगला गाउँपालिका–५ का प्रकाश विकलाई प्रहरीले मलेसियाबाट पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ ।
अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै भएको दुर्घटना । सिंहदरबारबाट निस्कदै गरेको क्रेनले नयाँ बानेश्वर हुँदै रत्नपार्कतर्फ आइरहेको ट्याम्पोमा क्षति पुर्याएको छ । तस्बिरः न्युज एजेन्सी नेपाल
सामुदायिक प्रहरी सेवा केन्द बाँकेले जिल्लामा रहेका विद्यालयमा पुगि विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउने अभियान सञ्चालनमा ल्याएको छ ।
संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार अपराह्न ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षबिहीन बनेको हो ।
नेदरल्यान्ड्स र साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ।