खुला सीमा र कमजोर नियन्त्रण व्यवस्थाको फाइदा उठाउँदै अवैध रूपमा भारतबाट कुखुराको मासु, चल्ला र अन्डा भित्रिएपछि स्वदेशी कुखुरापालन व्यवसाय भने सङ्कटमा छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रशासनले केही दिन सीमा क्षेत्रमा कडाइ गरेको भए पनि कुखुराको मासु, चल्ला र अन्डा अवैध रूपमा भित्रिने क्रम फेरि बढेको व्यवसायीले गुनासो गरेका छन् ।
विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए।
बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउत (सीके राउत) ले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समस्याबारे जानकारी लिनुभएको छ ।
राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका वडा ३ ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैको पहिचान झल्कने किसिमको प्रदेशको नामकरण गरिने बताउनुभएको छ । पहिचानसहितको प्रदेश नामकरण चाँडो टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
नेपालगञ्जका विभिन्न ४ वटा विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा निःशुल्क आँखा परीक्षण गरिएको हो ।
अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री हरिवन सिटी जेसीजको तर्फबाट सम्मानित हुनुभएको छ । हरिवन सिटी जेसीज वर्ष २०२२ का अध्यक्ष विनोद महतले खत्रीलाई कदरपत्र प्रदान गरी सम्मानित गर्नुभएको हो ।
भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौँ डलर गुमाएको छ ।
सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्रहरीले पाँच जना लेखनदासलाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको काम आफै गरिदिने र बढी रकम माग गर्नेगरेका कारणले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।