सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
नेपालगञ्जका विभिन्न ४ वटा विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा निःशुल्क आँखा परीक्षण गरिएको हो ।
अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री हरिवन सिटी जेसीजको तर्फबाट सम्मानित हुनुभएको छ । हरिवन सिटी जेसीज वर्ष २०२२ का अध्यक्ष विनोद महतले खत्रीलाई कदरपत्र प्रदान गरी सम्मानित गर्नुभएको हो ।
भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौँ डलर गुमाएको छ ।
सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्रहरीले पाँच जना लेखनदासलाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको काम आफै गरिदिने र बढी रकम माग गर्नेगरेका कारणले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलाश राईको निर्देशनमा बनेको फिल्म 'मनसँग मन' को ट्रेलर सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न दिएको अन्तरिम आदेश लागूगर्न विद्यार्थीहरूले माग गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् ।
सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ ।
तामाङ समाज बेल्जियमद्वारा आयोजित २८५९ सोनाम ल्होछार कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो सहरमा सम्पन्न भयो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ ।