निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले पार्किङ शुल्क लिएमा सम्पर्क अधिकारी नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तत्काल खबर गर्न बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताउनु भएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक विशेष बस सेवा सञ्चानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका –१२ मा प्रदेश जनस्वाथ्य प्रयोगशाला उद्घाटन गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपियाँ लागतमा निर्माण भएको भवन एक कार्यक्रमबीच आज प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गर्नुभयो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको शंकरपुर ताल अतिक्रमणमा परेको छ । गत वर्ष वर्षामा तालको बाँध भत्किएपछि घाँसे मैदान बनेको तालमा अतिक्रमण सुरु भएको हो ।
आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा बाह्य संस्कृति भित्र्यउन नहुने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा मन्त्री किरातीले पर्यटन बिकासको नाममा अन्य देशको सिको गर्न नहुने बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्दा गलत हुने बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने गरी गृहकार्य गर्न सरकारले मंगलबारसम्मको समय मागेको बताउनुभएको छ ।
सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए ।
नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वको दोस्रो ठुलो अर्थतन्त्रलाई उकास्ने उद्देश्यले अधिकारीहरूले नयाँ उपायहरू जारी गरेपनि जुलाईमा चीनको विनिर्माण क्षेत्रको गतिविधि लगातार चौथो महिना सङ्कुचित भएको तथ्याङ्कले सोमबार देखाएको छ ।