नेपालमा नयाँ भेटिएका कुष्ठरोगका बिरामीमध्ये मधेश प्रदेशमा धेरै रहेको पाइएको छ ।
ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ दौडको उपाधि प्रकाश लिम्बू र समपाल्मु शेर्पाले जित्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । मेलबर्नमा आइतबार भएको फाइनल खेलमा जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सेटमा हराउँदै उपाधि जित्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो ।
प्रदेश १ का सभामुख बाबुराम गौतमले ग्रामीण क्षेत्रका सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
‘बराथा स्मृति सम्मान २०७९’ बाट नेपाली व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज कलाकार शरद रञ्जित सम्मानित हुनु भएको छ ।
जिल्लाको सामुदायिक विद्यालयहरूमा विद्यार्थी निरन्तर नआएर शैक्षिक गतिविधि प्रभावित भएर शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति प्रदेश सांसद माला कर्णले चिन्ता व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्याङ्कन सूचक उल्लेख भएको अर्थमन्त्रालयले जनाएको छ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा २ को साजेबगरमा एक्स्काभेटर (डोजर) दुर्घटना भएको छ ।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न खेलकुदको आयोजना गरिएको छ । जसमा ‘एनटिभी कप–२०७९’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारा सहित सर्लाहीको बागमतीमा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साताबाट हुने भएको छ ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।