मलामी सवार ट्याक्टर दुर्घटनामा घाइते हुनुभएका थप एक व्यक्तिको उपचारका क्रममा नेपालगन्जमा निधन भएको छ । दुर्घटनामा घाइते भएका पञ्चदेवल विनायक नगरपालिका–२ का शेरबहादुर विकको गए राति साढे १० बजेतिर निधन भएको स्थानीय कर्ण विश्वकर्माले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार बृहत् सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल नगरपालिकाले सञ्चालन गर्न नसक्ने जनाएको छ । सङ्घीय सरकारको १२ करोड रुपियाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरेको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरूको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरा गाउँका स्थानिय थारु महिला वर्षातको जोहो स्याखु बोकेर काममा जाँदै ।
जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसममा आएको परिवर्तन र बर्खायाममा दूषित पानीको प्रयोगले गर्दा यस्ता खाले बिरामीको सङ्ख्या दैनिक वृद्धि भएको हो ।
कालीकोटको तिलागुफा नगरपालिका–१० को वडा कार्यलय बन्द भएको छ । गत मङगलबारदेखि वडा कार्यालय लगातार बन्द हुँदा वडाबाट सेवा लिनेहरू मार्कामा परेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न चाहेको बताउनुभएको छ ।
मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो ।
नाटकलाई पहिलो दिन ‘प्रिमियर सो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो ।
आहा ! कति सुन्दर सहर । जताततै फूलैफूलको मनमोहक दृश्य । सुन्दर, शान्त, विशाल भवनहरू । जताततै हरियाली सफाचट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन् यी ।