बाँकेमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन् ।
युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले सोमबार बताउनुभएको छ ।
केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् । कचलको विभिन्न स्थानका सात घरपरिवार पहिरोका कारण विस्थापित बनेका हुन् ।
मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हँुदै गएको छ ।विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।
भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उहाँ कार्यालय पुग्नुहुन्छ बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
सडक सञ्जालमा सुधार र ट्राफिक व्यवस्थापनमा प्रहरीको सक्रियताले रुपन्देहीमा दुर्घटनामा कमी आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गर्नुभएको छ ।
कति सुन्दर सहर, जताततै फूलैफूलको मनमोहक दृश्य, सुन्दर, शान्त, विशाल भवनहरु । जताततै हरियाली सफा चट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन यी ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेले र वडा ७ सुरुम्खिमका बाढीपहिरो प्रभावित परिवारलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले राहत सामग्री वितरण गरेको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।