नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन हुनुभएको छ । जिल्ला पार्टी कार्यालय दमौलीमा आइतबार सम्पन्न भएको विस्तारित बैठकले रिक्त रहेको पदमा श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
सप्तकोशी नदीको किनार क्षेत्रमा पर्ने सुनसरीको एउटा गाउँको रूपमा रहेको प्रकाशपुरको मङ्गलबारेका मदन चन्द्रवंशी प्रकाशपुरका लागि कुनै नौलो नाम हैन। साना बोली फुटेका केटाकेटीदेखि कपाल फुलेका बुढापाकाहरूले समेत मदनलाई चिन्छन्। उहाँले यो परिचय कुनै नौलो काम गरेर कमाउनुभएको हैन। मदनको परिचय चटपटे बनाउने सिपले बनाएको हो।
शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।
प्रधानन्यायाधीश सिफारिस तथा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया निष्कर्षमा पु-याउन माग गर्दै नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बार पदाधिकारी टोलीले ध्यानाकर्षण गराएको हो । प्रधानन्यायाधीश कार्कीले साउन १९ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक व्यवस्था अनुसार तत्काल प्रधानन्यायाधीश सिफारिसको बारले आग्रह गरेको हो । साथै सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस र मातहतका अदालतमा नियुक्तिका लागि पनि बारले ध्यानाकर्षण गराएको छ ।
महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ। बजार क्षेत्रका घरजग्गा धनीलाई यसअघि नै मुआब्जा र क्षतिपूर्ति दिएको दाबी गर्ने सडक डिभिजन कार्यालयसँग घरजग्गा धनीलाई मुआब्जा र क्षतिपूर्ति दिएको निस्सा र अभिलेख नै छैन।
बागमती प्रदेश सरकारले झन्डै एक हजार छ सय अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले प्रदेशका लागि एक हजार ५९५ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तीन महिनाभित्र सम्पन्न नभए मध्य भोटेकोसी जलविद्युत् आयोजनाको १०२ मेगावाट विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणको अन्तिम चरणमा पुगेको सो जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन बाह्रबिसे सबस्टेसन बन्नैपर्ने भएको हो । मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्य भोेटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार भएको छलफलमा उक्त सहमति भएको हो ।
खानेपानी मन्त्रालयले मधेश प्रदेशलगायत मुलुकका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्या सम्बोधनका लागि यसअघिका अधुरा तथा विभिन्न कारणले बन्द भएका खानेपानी आयोजना पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आइतबार सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा अन्तरसम्बन्धसम्बन्धी खानेपानी तथा सरसफाइ विषयगत समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने फ्याक्ट्री नै फेला परेको छ । विभागले आइतबार टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्दा त्यहाँ तस्करीमार्फत आएको सुन गाल्ने काम हुने गरेको खुलेको छ । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशङ्कामा राजस्व अनुसन्धान विभागले थप एक जना चिनियाँ नागरिकलाई पक्राउ पनि गरेको छ ।
गैरदलितको बस्तीनजिक दलितले घर बनाएपछि उक्त घर भत्काइदिएको घटनाका दोषीमाथि कारबाहीको माग गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।