नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न आग्रह गर्नुभएको छ । फाइल बीचैमा रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. ३२ को तालखोला अहिले उर्लिएको छ । खोला वारपार गर्न बनाइएको कल्भर्ट तीन वर्षअघि भत्किएपछि स्थानीय र विद्यार्थी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् ।
गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–७, बसेरीमा बागलुङको गल्कोट नगरपालिका वडा–२ का ४९ वर्षीय प्रेमलाल दर्जी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
पोखरा-३२ को लामेआहालका स्थानीयले फोहोर फाल्न रोकेपछि सडकमै फालिएको फोहोर आइतबार उठाइएको छ।
वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन ।
उम्सो गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् ।
नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापस्थित महाविरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् ।
बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाएको टिमुर खेतीले पाल्पाका दुई हजार किसानलाई फाइदा पुगेको हो ।
बिक्री गर्न र प्रयोग गर्न नपाइने निषेधित औषधि बिक्री तथा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले इलामका एक मेडिकल सञ्चालक र एक डेन्टल सञ्चालकलाई जरिवाना गरेको छ ।
जिल्लाका निर्माण व्यवसायीले काम गरेबापतको रकम भुक्तानी पाउन सकेका छैनन् ।
कपिलवस्तु नगरपालिका –६ तिलौरीका अर्याल दम्पतीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । वर्षायाम सुरु भएसँगै फुल र फलफुलका विरुवा लगाउने समय भएपछि माग बढेको छ ।
वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचना निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ राष्ट्रिय परिचयपत्र बनेर आएपनि परिचयपत्र लिन आउनेको सङ्ख्या भने न्यून रहेको पाइएको छ ।
चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजनामा नेपाली निर्माण कम्पनीले रुचि देखाएको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि रुरु जलविद्युत परियोजना कम्पनी अघि सरेको हो ।