थाइल्याण्डको राजधानी बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी यू–२२ पुरुष/महिला बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई स्वागत गरिएको छ ।
पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभयो । शहीद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा शनिवार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धनगढीबाट गइरहेको म १ ह ८२४ नम्बरको अटो कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा दुर्घटना हुँदा सवार एक जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिकाले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ।
भारतको राजस्थानस्थित भरतपुरमा सेनाको दुई वटा लडाकु विमान आज दुर्घटना भएको छ । त्यहाँस्थित उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेशन नजिक शनिबार विहान साढे १० बजे विमान दुर्घटना भएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले हराउँदै पाँचौं चरणमा स्थान बनायो ।
बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा ललितपुरमा रहेको माउन्टेन मौरी कन्सर्नले चरनका लागि ललितपुरबाट ल्याएर राखेका मौरीका घारहरु । तोरी फुलेको उक्त फाँट मौरीका लागि उपयुक्त छ ।
सर्ट फिल्म ‘किन’ सार्वजनिक भएको छ ।
फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो शृङ्खला निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्मको दोस्रो शृङ्खलाको छायाङ्कन चैत महिनादेखि सुरु हुने भएको छ ।
मोडल तथा कलाकार एलिजा गौतम शनिबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । रुपन्देहीमा भएको एक कार्यक्रममा उहाँ सो दलमा प्रवेश गर्नुभएको हो । उहाँलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।
मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो सहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोक्नुभएको जानकारी दिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका आज (शनिबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।