नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी र सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी रहने विषयमा सहमति भएको जानकारी दिनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ र स्वास्थ्य सेवाअन्तर्गत दुई जना कर्मचारीलाई एघारौँ तहमा बढुवा गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ ।
वन रक्षकसहित सम्पूर्ण कर्मचारी तलब माग गर्दै काठमाडौँमा आन्दोलन गर्न पुगेपछि सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा काठ तस्करी बढेको छ ।
संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् ।
पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु तीव्र गतिमा फैलिँदै गएको छ । जेठ तेस्रो साता यता धरानमा डेङ्गु सङ्क्रमणबाट ८ जनाले ज्यान गमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा बढी छ
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काम पालिकाले हटाउने तयारी गरेको हो ।
सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ।
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय कुस्ती टोली नेपालगन्ज पुगेर प्रशिक्षण गरिरहेको छ। दुई महिने प्रशिक्षणका लागि भारतको उत्तरप्रदेश जाने क्रममा नेपालगन्ज पुगेको कुस्ती टोलीले एक सातादेखि यहाँ प्रशिक्षण गरिरहेको छ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार समापन भएको छ । भेलाले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ ।
किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाँदै हुनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ।
जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।