नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेश सरकारमा सहभागी नहुने अडान राख्नु भएको छ।
गुल्मीको एक विद्यालयमा अज्ञात व्यक्तिले तोडफोड गरेका छन्। शुक्रबार राति जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ्गस्थित ओख्लेदह आधारभूत विद्यालयमा तोडफोड भएको हो।
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ।
प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।
डुङ्गा चढेर क्युबाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।
सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ ।
पुतलीबजार नगरपालिका ११ करेन्डाडाँमा बसको ठक्करबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो ।
टिकटकबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको छ । तुलसीपुर ७ मा रहेको अपाङ्गता अध्ययन केन्द्रमा बसोबास गर्दैआएका विद्यार्थीलाई टिकटकबाट खाद्यान्न सहयोग गरिएको हो ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ।