नेपाल विुद्युत प्राधिकरण, सुनकोशी गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहकार्यमा सौर्य मिनिग्रिड स्थापना गरि ककनीमा विद्युत सेवा विस्तार गरिएको हो ।
पुरुषको दाँजोमा महिलाको शरीरमा चाँडै बोसो लाग्छ। मुसामा गरिएको एक अनुसन्धानले यससम्बन्धी निष्कर्ष दिएको छ। डायबिटिज जर्नलमा प्रकाशित रिसर्चमा उल्लेख गरिए अनुसार उच्च मात्रामा चिल्लो पदार्थ भएको आहाराले पोथी मुसामा रासायनिक प्रतिक्रिया भई पेटमा सजिलै बोसो लागेको थियो।
गत रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षात्का कारण तिनाउ –३, रामापिथेकस नजिकै सुरुङ् मार्गमाथिबाट खसेको पहिरोले पुरिएर अबरुद्ध सडक एकतर्फी खुलाइएको हो ।
मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हिलिहाङ –७ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिकटन वितरण गर्ने लक्ष्य राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताउनुभएको छ ।
रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो ।
इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धूमधामका साथ मनाइँदैछ ।
बाँकेमा नागरिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ ।
पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् ।
सुजन गुरुङललितपुर, साउन १४ गते । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्मग्रन्थ) को जीर्णाेद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ । हरेक ३-३ वर्षमा मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर सो कार्य सञ्चालन गर्ने गर्दछ । बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरु र भगवान् बुद्धसँग सम्बन्धित विभिन्न प्रसङ्गहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनुभयो । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णाेद्धार कार्य भइरहेको छ ।३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भन्ने गरिन्छ । खाना खाएपश्चात् लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३० बजेसम्म लेखन कार्य गरिन्छ । सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।