• ९ मंसिर २०८१, आइतबार

मध्य रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मृत्यु

blog

मस्को,  साउन १४ गते । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो । 

मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ ।  शनिबार साँझ ६ बजे उक्त घटना भएको हो । 

घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलले हो । हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए । घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपत्कालीन मन्त्रालयको हवाई समूह संलग्न छ । मारी एल मस्कोबाट छ सय ५० किलोमिटर पूर्वमा अवस्थित छ । रासस /सिन्ह्वा