चर्को घाममा बालुवा तातिन्छ विगत सम्झी झनै मन आत्तिन्छ मरुभूमिमा एक्लो भा’को छु गायक रामजी खाणको स्वरमा बेरिएका यी शब्दभित्र शायद सबै प्रवासी नेपाली श्रमिकको व्यथा लुकेको छ । गीतले बोलेझैँ अरबको चर्को घाममा बालुवासँग खेल्नु उनीहरूको नियति नै बनेको छ । कोभिड–१९ ले पनि यसलाई रोक्न सकेन । फेरि, अरब जानै पनि गाह्रो छ । नेपाल सरकारले नै निकालेको एउटा प्रतिवेदनले के भन्छ भने कामको खोजीमा विदेश जाने श्र
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । समृद्धि र सुशासनको नारा राजनीतिक तहमा गुञ्जिरहेको छ । प्राकृतिक संसाधन, सक्रिय जनशक्तिको बढ्दो हिस्सा, द्वन्द्वको अन्त्य, राजनीतिक स्थायित्व समृद्धि र सुशासनका लागि अनुकूल अवस्था हुन् । यद्यपि वास्तविक अवस्थाको विश्लेषण गर्ने हो भने स्थिति सहज छैन । कृषिप्रधान मुलुक कृषिमा आत्मनिर्भर छैन, व्यापारघाटा चुलिँदो छ । राजस्व लक्ष्य अनुरूप उठ्न सकेको छैन, पुँजीगत खर्चको स्थिति निराशाजनक छ । दैनिक श्रम
गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन् ।
भ्रष्टाचारविरुद्धको सरकारी अभियानप्रति सबैले खुलेरै प्रशंसा गरिरहेका छन् । शृङ्खलागत रूपमा एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्ने क्रम बढिरहेको छ । यसले जनजनमा सकारात्मक उत्साह र सन्देश छाएको छ । यो सरकारले केही नयाँ काम गर्छ कि भन्ने झिनो आशा जागेको छ । यो पार्टी र त्यो पार्टी अनि तेरो मान्छे र मेरो मान्छे भन्ने परम्परागत गलत प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेको देखिन्छ ।
आर्थिक प्रभावकारिताबिना शासकीय प्रभावकारिता हुन सक्दैन । उद्योग, व्यवसाय प्रवर्धन गरी जीवनयापन गतिशील बनाउन आर्थिक क्रियाकलापका साधन सक्रिय हुनु पर्छ । वित्तीय नीति परिचालन, मौद्रिक नीतिको प्रभावकारिता र आर्थिक बढोत्तरी आजको आवश्यकता हो । लगानी प्रतिफलमुखी बनाउने, निर्यात व्यापार वृद्धि गर्ने, विप्रेषणलाई उत्पादनमा जोड्ने र स्रोतसाधनको उपयोग गरी रोजगारी सिर्जना गर्ने मुख्य विषयमा राज्यले ध्यान दिन आवश्यक छ ।
मुसुरो उत्पादनको उन्नत प्रविधि विकास गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र युएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवर्धन कार्यक्रमका प्रतिनिधिबिच छलफल भएको छ । खुमलटारस्थित नार्कमा दुई पक्षबिच मुसुरोको उत्पादन वृद्धि र व्यवसायीकरणबारे छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. धु्रवराज भट्टराईले जानकारी दिनुभयो । युएसएडको नेपालमा मुसुरो बाली प्रवर्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीसँग भएको छलफल अनुसार यो कार्यक्रम लागु भयो भने मुसुरो उत्पादनका लागि नयाँ प्रविधिको विकास गर्नुका साथै उत्पादनमा पनि वृद्धि हुने विश्वास आफूले लिएको उहाँले बताउनुभयो ।
दोलखाको भीमेश्वर नगरपालिका–७ मा पहिरो पूर्वसूचना प्रणाली पहिलो फेज (एलइडब्लुएस) उपकरण जडान गरिएको छ। भीमेश्वर नगरपालिकाको दुई प्रमुख जलाधार क्षेत्र सुष्पाक्षमावती र चर्नावती क्षेत्रमध्ये चर्नावती जलाधार क्षेत्रभित्रको सिङ्गरामगाउँको माथिल्लो भागमा माटोको चिस्यान नाप्ने उपकरणसहितको बर्सातको पानी नाप्ने उपकरण जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो।
पूर्व–पश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका–१९, रहेको चनौटा सामुदायिक वन क्षेत्रमा यात्रुका लागि सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको छ। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुका लागि हेटौँडा–१९ को नेवारपानी र सान्नानटार बस्तीको मध्यभागतिर निःशुल्क सार्वजनिक शौचालय र हरियाली पार्कसहितको विश्रामस्थल निर्माण गरिएको हो। हेटौँडा उपमहानगरपालिका, डिभिजन वन कार्यालय राप्ती मनहरी, वन समूहलगायतका निकायको सहयोग र स्थानीयको सक्रियतामा पार्क निर्माण गरिएको हो।
आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति समस्याकै रूपमा रहँदै आएको छ। असार महिनामा हुने बजेट खर्चको आलोचना हुने गरेको र सरकारले यसमा सुधार गर्ने वचन दिने गरे पनि खर्च घटेको छैन। गत आर्थिक वर्ष पनि असारमै धेरै खर्च हुने अवस्थामा सुधार आउन सकेन। आव २०७९/८० मा चितवनमा सङ्घको बजेटको कुल खर्चमध्ये असारमा मात्रै ३३.५८ प्रतिशत खर्च भएको छ। प्रदेशतर्फ पुँजीगत बजेट ३६.७९ प्रतिशत खर्च भएको छ। खर्च विवरण हेर्दा असारमा सङ्घतर्फ दैनिक औसत सात करोड र प्रदेशतर्फ दैनिक औसत तीन करोड रुपियाँ खर्च भएको छ।
कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे एक सर्वेक्षणका अनुसार समग्र नेपालको कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब रहेकामा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको देखिएको हो । सर्वेक्षणका अनुसार आर्थिक वृद्धिदर ३.२६ रहेको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (अमेरिकी डलरमा १४९२) रहेको छ ।
खर्च अनुसार राजस्वको अनुपात बढ्न नसकेपछि पछिल्लो समय बजेट प्रणालीमा सार्वजनिक ऋणको हिस्सा बढ्न थालेको छ । प्रत्येक वर्ष सरकारको खर्च बढ्दै जाने र त्यहीँ अनुपातमा राजस्वको वृद्धि हुन नसक्दा स्रोत व्यवस्थापनका लागि आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने सरकारको बाध्यता छ । यस्तो बाध्यता झन् बढ्न थालेको सरकारी तथ्याङ्कले पुष्टि गर्छन् ।
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै प्रस्तुत गरिएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौँ क्लबमा समेत पर्न सफल भएका छन् ।
साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरिएको हो । लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जीवन नै कथा जस्तै भएको उल्लेख गर्नुभयो । सरुभक्तले भन्नुभयो, “जन्मदेखि नै कथा सुरु हुन्छ । बाँचुन्जेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुङ्गिन्छ कि टुङ्गिदैन भन्ने पनि थाहा छैन ।”
यो वर्ष ढिलै गरी सुरु भएको धान रोपाइँ साउन दोस्रो हप्ता सकिँदा नवलपरासीपूर्वमा भने ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । लामो खडेरीका कारण यो वर्ष समयमै पानी पर्न नसकेका कारण किसानले १५ असारबाट सुरु गरेका धान रोपाइँ साउनको दोस्रो हप्ता सकिँदासम्म ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।
गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये करिब १७ हजार मेट्रिक टन चामल जिल्लामै उपलब्ध रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।