बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो ।
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।
लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत पानी नपरेर धान रोप्न नपाएर चिन्तित यहाँका किसान धनुषाधाममा रहेको प्रसिद्ध धनुष मन्दिरमा शनिबार दुध चढाएका हुन् ।
भारतको महावाणिज्य दूतावास, वीरगन्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ ।
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरिँदैछ । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
इलामको चुलाचुली गाउँपालिका–२ मा कटान रोक्न बाँसको पाइलिङ गरिएको छ । चुलाचुली गाउँपालिका–२ बुडिझोला टोल छत्तरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो ।
ताप्लेजुङको पश्चिमोत्तर मिक्वाखोला गाउँपालिका–५, को उपल्लो छेउमा छ एउटा सानो सुन्दर गाउँ, तोक्पेगोला । छुट्टै प्राकृतिक सुन्दरताको राज हेर्न यहाँ पुग्नुपर्छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरू चिज खानेतर्फ ध्यान दिऊँ’ भन्नुभएको थियो ।
आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।