आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेती गर्न सजिलो मात्र होइन बाली उत्पादनमा पनि दोब्बर वृद्धि भएको छ ।
नेपाल विद्युत् प्राधिकरण घोराही शाखाले विद्युत् लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ। उज्यालो घोराही कार्यक्रम अन्तर्गत यसअघि घोराहीको कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको मुख्य सडकमा सडक बत्ती जडान गरिएको थियो । सडक बत्तीका लागि एपेक्स नेपाल प्रालिसँग घोराही उपमहानगरपालिकाले सम्झौता गरेको थियो तर कम्पनीले विद्युत् महसुल नबुझाउँदा सडक बत्तीको लाइन प्राधिकरणले काटेपछि मुख्य सडक अन्धकार हुँदै आएको छ। तुलसीपुर चोकदेखि बिपी चोकसम्मको मुख्य सडकको बत्ती प्राधिकरणले काटेको हो। सडक बत्ती प्रयोग गरेबापतको रकम नतिर्दा विद्युत् लाइन काट्नु परेको प्राधिकरण घोराही शाखाले जनाएको छ।
हिमा गाउँपालिकाका तीन वटा गाउँका सबै घरधुरीमा खानेपानी धारा पु-याइएको छ। हिमा गाउँपालिका–४ बड्कीका १६१ घरधुरी, पाँच वटा कार्यालय गरी १६६ धारा, वडा नं. ५ बाजगाडमा १३६ घरधुरी र वडा नं. ६ को डाँडाबाडामा ७४ घरधुरीको प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बड्की गाउँका १६१ घरधुरीमा पनि खानेपानी पु-याइएको जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारको सबै घरधुरीमा खानेपानी पु-याइने लक्ष्य अनुसार काम भइरहेको बताउनुभयो।
जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ति सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।
बैतडीको ग्वाल्लेकमा पाँच करोड रुपियाँ खर्च गरेर सिरोही र तोतापरी जातका बाख्रा फार्म सञ्चालनमा आएको छ। फार्ममा भारतको राजस्थानबाट सिरोही जातका बाख्रा ल्याइएका छन्। दशरथचन्द नगरपालिका–९, ग्वाल्लेका सुरेश चन्दले उन्नत जातका बाख्रा पालनका लागि गाउँमा पाँच करोड रुपियाँ खर्च गरेर बाख्रा फार्म सञ्चालनमा ल्याउनुभएको हो। भारतको राजिस्थानबाट खरिद गरी ल्याइएका सिरोही जातको बाख्रा फार्ममा अहिले करिब डेढ सय बाख्रा रहेका छन्। अग्लो कद, लामा कान भएका औसत बाख्राको तौल ८० किलोदेखि ९० किलोसम्मका छन्। फार्ममा रहेको सिरोही जातको भीम नाम गरेको बोकाको तौल १८० किलो रहेको बताइएको छ।
वर्षायाम सुरु हुँदासमेत पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका बझाङको उत्तरी भेग साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको मारमा परेका छन्। वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा गोदाममा कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ। साइपाल गाउँपालिकाको काँडामा रहेको डिपो कार्यालयमा रहेको सबै खाद्यान्न वितरण भएपछि गाउँपालिकामा एक महिनादेखि खाद्यान्न अभाव भएको हो।
वि सं २०२३ साउन १२ गते अर्थात् ५८ वर्षअघि सरकार र केही समाजसेवीको पहल र नेपाल रेडक्रस सोसाइटीको सक्रियतामा केन्द्रीय रक्तसञ्चार सेवाको स्थापना भई नेपालमा संस्थागत हिसाबले रक्तसञ्चार सेवाको सुरुवात भएको थियो । अहिले रेडव्रmसको केन्द्रीय सेवाको अलावा पाँच वटा प्रादेशिक, २३ वटा जिल्ला स्तरीय र ५० स्था
बिपी कोइरालाको राजनीतिक व्यक्तित्व नेपालमा मात्र सीमित नभएर दक्षिण एसियाभरि नै फैलिएको थियो । उहाँ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । भारतको बनारसमा अध्ययनरत रहँदा नै महात्मा गान्धीद्वार अङ्ग्रेजविरुद्ध थालिएको सन् १९२९ को असहयोग आन्दोलनमा भाग लिँदा जेल पर्नुभएको थियो । त्यसपछि उहाँको सम्पर्क र मित्रता भारतका समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया र आचार्य नरेन्द्रदेवसँग भयो । उहाँहरूले भारतीय कांग्रेस पार्टीबाट अलग भएर कांग्रेस सोसलिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । बिपीले त्यस पार्टीको सचिवका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । माक्र्सवादबाट प्रभावित भारतीय नेताहरू सोसलिस्ट (समाजवादी) विचारलाई आत्मसात् गरी कांग्रेसबाट अलग भएका थिए ।
तानसेनको एक होटलमा जबरजस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबरजस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
सनातन धर्मावलम्बीले साउन महिनालाई प्राकृतिक र धार्मिक दृष्टिकोणले उत्तम महिना मान्दै आएका छन् । यो हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशी पुगेर समाप्त हुन्छ । साउन महिना शिवजीको प्रिय महिना हो । हरिशयनी एकादशीदेखि भगवान् विष्णु योगनिद्रामा शयन गर्ने भएकाले यस बेला भगवान् शङ्करले नै सृष्टिको पालन गर्ने भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मान्यता छ । साउनलाई चतुर्मासको पहिलो महिना मानिन्छ । यसमा विशेष गरी हिन्दु धर्मका आराध्य देव शिवको सोमबारका दिन उपासना गरी पूजाआजा गरिन्छ । ब्रतालुले साउन महिनाभरि खानपानमा सात्विक, शुद्ध भोजन आहार गर्ने परम्परा रहेको पाइन्छ । श्रद्धालु
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाविरुद्ध उच्च अदालत जुम्ला इजलासमा मुद्दा दर्ता भएको छ । नगर प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो स्वार्थपूर्तिका लागि नगर सभामा भएका निर्णयलाई बदर गर्दै आफू अनुकूल बजेट र योजना बनाएको आरोपमा १० जना वडा अध्यक्षले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।
मुलुकको समग्र आर्थिक विकास, औद्योगिक विकास, व्यापार तथा रोजगार सिर्जना गरी गरिबी न्यूनीकरण गर्न ऊर्जाको महत्वपूर्ण भूमिका हुन्छ । ऊर्जाको पहुँच विस्तार गरी सुरक्षा वृद्धि गर्न ऊर्जा दक्षता (किफायती प्रयोग) आवश्यक छ । ऊर्जा दक्षताले प्रदूषण न्यूनीकरण र ऊर्जा सुरक्षामा सहयोग गर्नुका साथै आर्थिक वृद्धिमा पनि सहयोग पुग्दछ । ऊर्जा दक्षता भनेको किफायती रूपमा ऊर्जाको प्रयोग गरी ऊर्जाको खपतलाई कम गर्नु हो अर्थात् ऊर्जा उपयोग गर्दा प्रविधि तथा उपकरणका माध्यमबाट ऊर्जाको सही ढङ्गबाट उपयोग गर्नु हो । ऊर्जा किफायत गर्नु भनेको पनि ऊर्जा उत्पादन गर्नुसरह हो । ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुल
पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको मैदीकोट, देशकै प्रसिद्ध जलमुखी मन्दिर र बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभाव क्षेत्र रहेको गाउँपालिका हो, ज्वालामुखी गाउँपालिका। सात वडा रहेको यो गाउँपालिका जिल्ला सदरमुकामदेखि नजिकै र भौगोलिक रूपमा त्यति विकट छैन। यहाँ कृषि, पर्यटन र मझौला उद्योगका दृष्टिले निकै महत्व राख्न सक्ने क्षेत्र रहेका छन्। ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैसँग गोरखापत्रका मुरारी अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
धनुषाको ढल्केबरमा राष्ट्रिय झन्डा राखिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार ढल्केबरमा शुक्रबार स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५ वटा राष्ट्रिय झन्डा राखिएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको नेपालकै सबैभन्दा ठुलो महेन्द्र पार्कका तीन वटै कुनामा मिथिला उद्योग वाणिज्य सङ्घ, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मिथिला लायन्स क्लब र मिथिला ब्याडमिन्टन क्लब ढल्केबरले उक्त झन्डा राखेका हुन्।