बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि आज छलफल हुँदै छ ।
झापामा अवैध उत्खनन हुन थालेपछि यसलाई नियन्त्रणका लागि स्थानीय तहले अनुगमन तथा कारबाही सुरु गरेका छन् ।
भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् ।गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो ।
बुटवलमा दुई ठूला केबलकारका परियोजना तीव्र रुपमा निर्माण भइरहेका छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजानेगरी केबलकार परियोजनाको काम तीव्ररुपमा भइरहेको छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सासस्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ आर्थिक सहयोग गर्ने भएको छ ।
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ ।
ओ शकुन्तला ! तिम्रो बोल्ने रूपमा सुन्दरता कोरिन्छ जब चरित्र झल्किन्छ बुट्टा बनेर तिम्रो चित्रमा
के भनौँ तिमीलाई कल्पना वा यथार्थ ? कल्पना भनौँ त यथार्थमा छौ यथार्थ भनौँ त कल्पनामै छौ त्यसोभए मेरो यथार्थ नै काल्पनिक हो त ?
सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ ।
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने चलचित्रको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा दयाहाङ, प्रकृतिको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिनुभएको छ।
कथाकार भवानीप्रसाद गुप्ता (भवानी भिक्षु)को कथामा आधारित नाटक ‘माउजङ बाबुसाहेबको कोट’को मञ्चन सुरु भएको छ। रातोपुलस्थित शैली थिएटरमा नाटक मञ्चन भइरहेको छ। नाटक एक बिर्तावाल घरानियाँ राणा अर्थात् माउजङ बाबुसाहेबको मनोविज्ञानमा आधारित कथा हो। कथाको मुख्य पात्र बाबुसाहेबलाई कोही विशिष्ट राणाले एउटा ओभरकोट बक्सिस दिएको हुन्छ। उनी र उनको सो कोट एक–अर्काका पर्याय हुन्छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाल अधिकार प्रवद्र्धनमा इमानदार प्रयत्न गर्ने बताउनुभएको छ। मुख्यमन्त्री रावलले भन्नुभयो, “बालबालिकाका अवस्थाको तथ्याङ्क लिन्छौँ र कार्यान्वयनका लागि गैरसरकारी क्षेत्रको ज्ञान, सीप, प्रविधिसमेतको सहयोग लिन्छौँ।”