कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । किसानका साथीको रुपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो । माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
काठमाडौं, माघ १३ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा उक्त विवादबारे पेसी तोकिएको थियो । शुक्रबार संवैधानिक इजलासमा गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरुले बहस गर्नुभएको छ । त्यसपछि रिट निवेदकले जवाफी बहस गर्नुभएपछि सुनुवाइ सकिएको हो । गृहमन्त्रीको मुद्दामा सुनुवाइ सकिएपछि फैसलाको प्रतीक्षामा सञ्चारकर्मीको बाक्लाे भीड लागेको छ । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।
बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका –१७ को मोतीपुर र वडा –१३ को बेलबासमा सोह्र–सोह्र शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।
सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ।
विज्ञले अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आईकाओ)को मादपण्डको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन्।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिनाभित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने बताउनुभएको छ।
सरकारले ३० वर्षमाथिका सबै महिलाले नियमित पाठेघरको मुखको परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै प्रारम्भि चरणमै रोग पहिचान गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिने हुँदा ३० वर्षमाथिका सबै महिलाले नियमित जाँच गर्न आग्रह गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताउनुभएको छ।
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरको पिडारी चोकबाट ४९३ बोतल एक्सीप्लाइन नामक लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताउनुभयो ।
बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।