तनहुँमा डेंगुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक साताको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ७ बिरामी पहिचान भएका हुन् । एक महिना अघि एक जनाको मृत्यु समेत भएको छ ।
यो कथा हो एउटी वीरङ्गनाको। उनी फ्लाइट अटेन्डेन्ट थिइन्। उनीसँग यस पेसामा लामो अनुभव थिएन तर उनले लामो होइन ठूलो जीवन जिइन्। एउटा घटनाबाट उनी इतिहासमा अमर भइन्। एभियसन संसारमा उनको योगदान अविस्मरणीय छ। दिन थियो सन् १९८६ सेप्टेम्बर ५। पान अमेरिकन वल्र्ड एयरवेजको पान एम फ्लाइट–७३ अपहरणमा प-यो। अपहरण गर्ने सङ्गठन थियो प्यालेस्टाइन अतिवादी समूह अबु निडाल अर्गनाइजेसन। भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडान भरेको पान एम फ्लाइट–७३ ले पाकिस्तानको कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवतरण गरेको थि
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र आर्थिक–सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान तथा श्रद्धा हुने बताउनुभएको छ।
बाजुराको गौमुल गाउँपालिकाका १२ घरपरिवार बाढी पहिरोबाट विस्थापित भएका छन् । गत बिहीबार राती गाउँमाथिबाट पहिरो खसेको र तलबाट बाढीले कटान गर्दै आएपछि गौमुल ३ का १२ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको विद्यार्थीको चाप बढेको हो ।
रुवाई देश नेपाली युवा नजाऊ विदेश । आमाको पुकार सुनेर आऊ सजाऊ स्वदेश । ।
कवि कञ्चन होस् मन मन्थन त्यो कविता खँदिला छुट बन्धन त्यो ।
म फूलका कुरा उठाउन चाहन्छु कवितामा फूलको प्रसङ्ग
राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ। समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए।
मनसुनी वर्षा नहुँदा महोत्तरीका अधिकांश खेतहरू बाँझै छन् । साउनको दोस्रो साता वित्न लाग्दा पनि यहाँ थोपो पानी नपरेपछि अकालको अवस्थाले किसानहरू चिन्तामा छन् ।
पीडा लुकाइ हाँसेँ व्यथा लुकाइ हाँसेँ आत्मा रुवाइ भित्र आँसु लुकाइ हाँसेँ । छातीभरि छ चोट
उत्साह र उमङ्ग बोकेर आउनेहरूलाई रोक्न नखोज ।
मेरो बास उनले उठाएर के भो उनको साथ मैले नपाएर के भो । सुनको दान मैले गरेँ धरहरामा । सुनकै मात्र औँठी नलाएर के भो ।
रामनाथ घर नजिकैको चौतारीमा वरपिपलको छहारीमुनि शीतल तापिरहेका थिए । उनी ढुङ्गाको पर्खालमा गोडा झुन्ड्याएर वरको बोटलाई ढाड पछाडि पारी बसेका थिए । धनबहादुर ओरालो झर्दै त्यही चौतारीमा एक्कासि टुप्लुक्क आइपुग्यो । उसले ख्वाक्क खोक्यो र लौरो भुइँमा राख्तै उनकै छेउमा बस्तै भन्यो, “सन्च छैन भन्थेउ त बाजे, आज पनि आएछौ त शीतल ताप्न ।” रामकृष्णले पुलुक्क धनबहादुरको अनुहारमा हेरे र भने, “आएँ त, नआएर कता जाम, समय काट्नु प-यो नि ! यहाँ भए तिमीहरू साथीभाइ भेटिन्छौ, गफगाफ गरेर समय काटिन्छ भनेर । के गर्नु धनबहादुर, घरमा कोसँग बोल्नु, बुढीको आफ्नै दुःख छ, उनका आफ्नै गुनासा छन्, मेरा आफ्नै दुःख छन् । यहाँ आयो भने बरु कोही न कोही कुरा सुनिदिने मानिस त भेटिन्छ भनेर अल्छी लागेपछि दिन काट्न यतै आउँछु ।”