बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्त्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो । केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष लगातार नदीमा विलय हुँदै गएको छ । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेका छन् ।
परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।
सञ्चारग्राममा शुक्रबार श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोनमा उत्रिन लागेको जनाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयर वेशको निरीक्षण गर्नुभएको छ।
प्रकाशपुरका आनन्द कविरथले कल (ट्युवेल) को पानी पिएको ५० वर्ष हुँदा पनि उहाँलाई पानी पिउँदा कहिल्यै सन्तुष्टी मिलेन । कलको पानीमा बढी आइरन आउने हुँदा पानी राम्रोसँग पिउन नपाउनु भएका उहाँले एक वर्षदेखि त्यही कलको पानी पिउँदा खुसी हुनुहुन्छ ।
संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ ।
सर्केगार्ड गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ । सर्केगार्ड गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दोस्रो पटक नगरको सौन्र्दयीकरण र कालोपत्रे सडकको निर्माणको काम हुनेभएको छ ।
योङ प्रोफेसनल फेलोसिपको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू
पोखरा–१४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्था खोजेको थियो ।
बझाङमा दलितको घर भत्काउने तीन जना पक्राउ परेका छन् । जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काउनुका साथै मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ ।
उर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने सिर्जनशील शुक्रबार अभियान सुरु भएको छ । अभियान सुरु भएसागै अब हरेक शुक्रबार विद्यार्थीले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
सन्धिखर्क नगरपालिकाले अर्घाखाँची कारागारका कैदीबन्दीलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।