जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०७९-८० मा रु एक करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघ, इटली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा सहभागी हुँदा र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाट फलदायी रहेको उहाँको भनाइ छ ।
वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
लागुऔषधको कुलतमा फसेकामध्ये ९५ प्रतिशत युवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक चुवनेश्वर तिवारीले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० मा वार्षिक लक्ष्य राखेकोभन्दा झण्डै दोब्बर राजस्व असुली गर्न सफल भएको छ ।
आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले छ दशक बढीको यात्रा तय गरेको छ । कूल रु पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ ।
फ्रान्सले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोह अन्तिम नभएको उल्लेख गर्दै त्यसमा सैन्य अधिकारको समर्थन भएकाले सत्ता विप्लवमा लागेकाले जितेका बताएको छ ।
इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो ।
हाल नेपालमा मनसुनी वायुका साथै भारतको उडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्कनुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण हुनु भयो ।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे ।
जापानमा एउटा अनौठो मन्दिर छ । छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो । जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ । यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ । सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो । सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त्यसबेला महिलाको अवस्था नाजुक थियो । उनीहरूसँग आधारभूत अधिकार पनि थिएन । त्यसका अतिरिक्त महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो । त्यस्तोमा महिला आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे । अनि महिलाले यस मन्दिरमा गएर शरण लिने गर्दथे ।