नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउने वा नपाउने विषयमा कानुन जानकार रहेको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तर सुधारबारे राजनीतिक क्षेत्रमा अत्यन्तै कम चिन्तन हुने गरेको बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारीपछि नेपालीमा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरु गरेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावलले बाल अधिकारको प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्ने बताउनु भएको छ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले बालबालिकालाई हिउँमाथि पढाइ गर्दै आएको छ ।
बाँकेको नेपालगन्जमा सञ्चालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ ।
सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधि दिनेश प्रजापतीले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न तीन दिने प्रतियोगिताको फाइनलमा दिनेशले रमेश अधिकारीलाई हराउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रयास हुने बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ ।
रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ ।
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेस गर्नुभएको छ।