नेपाल वायु सेवा निगम र बुद्ध एयरको प्रशासन क्षेत्रमा ३० वर्ष काम गरेर अवकाश लिएका ५६ वर्षीय गिरिराज बस्नेत यति बेला मोरङको कटहरी–७, थलाहाको तकियामा अत्याधुनिक गाई फार्म सञ्चालन गरिरहनुभएको छ । जागिरबाट अवकाश लिएपछि उहाँले होटल सुरु गर्नुभयो । विराटनगरमा सुरु भएको होटल एसिया टिक राम्रो चलेको थियो । जब कोराना सुरु भयो, होटल व्यवसाय थिलथिलो भयो । त्यसपछि बस्नेतले उत्पादनसँग जोडिएको व्यवसायको सपना बुन्न थाल्नुभयो । पूरै दुई वर्ष अध्ययन गरेपछि उहाँले ग्रिन यार्ड एग्रो फार्म दर्ता गर्नुभयो र अत्याधुनिक प्रविधिबाट गाई, भैँसी, माछा र बाख्रापालन सुरु गर्नुभयो ।
चर्चित एन्टिभाइरस क्यास्परस्कीले आफ्ना पछिल्ला तीन नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । क्यास्परस्कीको नेपालस्थित आधिकारिक बिक्रेता सागर गु्रपले राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । बढ्दो साइबर चुनौतीलाई लक्षित गर्दै त्यसबाट प्रयोगकर्तालाई सुरक्षित बनाउन नेपाली बजारमा पनि क्यास्परस्कीका पछिल्ला संस्करण भित्र्याएको कम्पनीले जनाएको छ ।
उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूमा चालु आवमा बजेट विनियोजन नगरेपछि आधा दर्जन सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ। प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत आव २०७९/८० मा काभ्रे जिल्लामा सञ्चालन भएका र पूरा नभएका योजनामा चालु आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन नहुँदा ती योजना अधुरै रहने भएका हुन्।
लघुवित्तका समस्या समाधानमा पहल गर्ने गरी सरकारले एक वार्ता टोली बनाएको छ । लघुवित्तीय संस्थाविरुद्ध आन्दोलनमा रहेका पक्षले उठाएका मागका विषयमा छलफल गरी समाधानको पहल गर्न अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भूपाल बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गर्नु भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
बाँकेको जानकी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।
मुक्त गरिएका भूमिहिन हलिया, कमैया, हरवाचरवाको पुनस्र्थापनामा सरकार अझै गम्भीर बन्न नसकेको सरोकारवालाले गुनासो गरेका छन् । आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँहरुले सो गुनासो गर्नुभएको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकघरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गर्नुभएको छ ।
आगलागी भएर घर जलेर नष्ट भएका पीडित अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीलाई मङ्गलसेन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ ।
राजश्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित एक चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।
नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ ।