धनकुटाको ऐतिहासिक निशान भगवतीको मन्दिर पसिरमा दुई सय वर्ष पुरानो ढुङ्गेधारा स्थापना गरिएको छ । २ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा ऐतिहासिक धारा स्थापना गरिएको हो ।
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले हरायो ।
स्थानीय तहले किसानमैत्री नीति निर्माण नगर्दा आफूहरू समस्यामा परेको किसानहरूले गुनासो गरेका छन् । व्यावसायिक रूपमा कृषि खेती गर्ने किसानभन्दा पावर पहुँचका भरमा सरकारी निकायबाट अनुदान पाउने गरेका कारण वास्तविक किसान मारमा परेको उहाँहरूको भनाइ छ ।
म्यानचेस्टर युनाइटेडले कारबाओ कप (इएफएल) फुटबलमा नटिङहम फरेस्टमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युनाइटेडले नटिङहम फरेस्टलाई उसकै मैदानमा ३–० गोलले हरायो ।
बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सर्वोच्च अदालतले होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सेवा शुल्क (सर्भिस चार्ज) लाई अमान्य भन्दै खारेज गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनलाई संविधान बमोजिम अमान्य र बदर घोषित गरेको हो ।
नेपाल क्रिकेट सङ्घको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिग क्रिकेटमा खेलाडीको परिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्ने गठित समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।
सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित अन्य दुई जना कर्मचारी र एक जना होटल सञ्चालकविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।
नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनीत फिल्म 'गुलाबी : एक रङ'को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनीले फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
नेपालगञ्ज गुलरिया चार लेनको सडक निर्माण सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार अन्तर्गत हाल माटो पटानको कार्य भइरहेको जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका नगर सभाको १२ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा नीतिहरू पारित गर्दै सकिएको छ । पुस २१ गते सुरु भएको नगरसभाको १२ औँ अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धी सङ्गठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गरेको हो ।
सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिहीबार एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका –९, वसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको बोरिङबाट सिँचाई गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको हो ।
आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
अफ्रिकी विकास बैङ्कले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।