नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक (डाक्टर) पुगेपछि सेवाग्राहीलाई राहत पुग्ने भएको छ। ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा डा.नवराज चपागाईँ पुगेपछि सर्वसाधारण सेवाग्राहीलाई राहत पुग्ने भएको हो।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलव २१ मा सीमित भएको छ ।
शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा पहिलो दिन ५७ करोड भारुको बम्पर ओपनिङ गरेको छ । जसमध्ये ५५ करोड रुपियाँ हिन्दी संस्करणबाट र बाँकी २ करोड डब तमिल र तेलुगु संस्करणबाट रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा. मैनालीलाई सम्मान गरेको हो ।
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित सडेको र फोहर मासु बेच्ने दुई मासु पसललाई कारबाही गरिएको छ । तौलिहवाको हाटबजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको हो ।
विभिन्न कार्यक्रमको आयोजना गरी आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ ।
अभिनेता धीरज मगर अभिनीत फिल्म 'ज्याकी : आईएम ट्वान्टी वान' आगामी वैशाख २१ गते रिलिज हुने भएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।
सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने काम रोकिएको छ । विमानस्थलको हिउँ पन्छाउन व्यवस्था गरिएको गाडीमा आधा हिउँ पन्छाउने काम भइरहेका बेला समस्या देखिएपछि हिउँ फाल्ने काम अधुरो रहेको हो ।
पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
भैरहवाको शाहनी बिल्डर्सले समयमा काम नगर्दा बाणगंगा नगरपालिकाको योजना प्रभावित भएको छ । सो निर्माण कम्पनीले नगरपालिकाले सकार गरेको योजनामा ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन गर्नुभएको छ ।