अर्थमन्त्री डा. प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा सूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको स्थानीयको गुनासो छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।
महेश ताम्राकारको शब्द, सङ्गीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई प्रसन परियारको संगीत संयोजन गरेका हुन् ।
पूर्वी नवलपरासीको कावासोती नगरभित्रका पाउरोटी उद्योगमा अनुगमन गरेको छ । कावासोती नगरपालिकाले तीन दिनसम्म पाउरोटी तथा बेकरी जन्य उत्पादनको अनुगमन गरेको थियो ।
देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रूपमा लगाइएका बाली पनि सुक्न लागेका छन् ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
लम्पी स्किनविरुद्धको खोपका कारण लुम्बिनी प्रदेशमा झण्डै २४ हजार पशु सङ्क्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमा पालिएका गाईंभैंसीमा लम्पी स्किन तीव्ररुपमा फैलिन थालेपछि खोपको प्रबन्ध गरिएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय गौर वितरण केन्द्रले विद्युत प्रसारण गर्ने आफ्नो क्षेत्र भित्र कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुल गरेको छ ।
भक्तपुर नगरपालिका–९ तचपालस्थित भीमसेन मन्दिरको पाटीमा कालभैरवको भित्तेचित्र कोरिएको छ । ८२ वर्षीय रामकृष्ण चित्रकारले भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र कोर्नुभएको हो ।
निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको कसुरमा नेपाली कांग्रेसका नेताद्वय नारायणप्रकाश साउद (एनपी साउद) र रमेश लेखकसहित सुदूरपश्चिम प्रदेशमा ७९ जना उम्मेदवारलाई जरिवाना गरेको छ ।