दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समयमै मल उपलब्ध गराउने कार्ययोजना पेस गर्न निर्देशन दिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले देशभरका झण्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नु आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी रहेको बताउनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।
जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानै देखी हिउँ रोकिएको छ ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा वसन्तपञ्चमी(श्री पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
हिमाली बौद्धमार्गीहरुले मनाउने लोसार पर्वको अवसर पारेर 'लोसार मेला' बोलको गीत बजारमा ल्याएको छ । लोसार पर्व उत्सवका क्रममा मेलाहरू पुगेर माया लगाउने गीतको मुख्य बोल रहेको छ ।
जस्तै जुनेली नभ हुन्छ राम्रो झुल्के बिहानी पनि हुन्छ राम्रो । सदैव यौटै क्षण हुन्न राम्रो होस् एक त्यस्तै घरबार हाम्रो ।। १ ।।
१. परिवर्तन कसैको आँशु मोती हुन्छ कसैको आँशु पानी हुन्छ कहानी मोतीको आफ्नै कहानी पानीको आफ्नै झिँजा, दाउरा, मूढाको आफ्नै रापतापमै चम्किन्छ जीवन सुन झन झन खारिन्छ
लोकदोहोरी गायक असीमकुमार कटुवालको ‘सुन्दर दोलखा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्रमार्फत वर्णन गरिएको भिडियो कटुवालले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गर्नुभएको हो। प्रदीप परियारको शब्द, गायक कटुवालको सङ्गीत र विष्णु तमाङको एरेन्जमा गीतको भिडियो तयार भएको हो। भिडियोमा कुमार सुनेल, जुना कार्की, कविता महत, दीप खतिवडालगायतका कलाकारको अभिनय रहेको छ। गीतलाई निरेन श्रेष्ठले निर्देशन गर्नुभएको छ।
रामेछापको मन्थली नगरपालिकाले सामुदायिक शिक्षा सुधारका लागि अभियान सञ्चालन गरिरहेको छ। नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय बनाउने अभियान चलाइरहेको छ। सोही अभियानअनुसार नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग छलफल, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
पञ्चेश्वर गाउँपालिका–१, शेरीस्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थी टिनले बारिएको खुला चौरमा पढ्न बाध्य छन्। यद्यपि, विद्यालय भवन नभएर होइन। पुरानो भवन २०७८ सालको कात्तिकमा आएको बाढीले बगाएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण भएको छ। यद्यपि, भुक्तानी विवादका कारण विद्यार्थीले नयाँ भवनमा पढ्न पाएका छैनन्। भुक्तानी विवादले सो भवन निर्माण समितिले भवनमा ताल्चा लगाएको छ।
कृषक पानीको पर्खाइमा रहेका बेला सुदूरपश्चिमको कैलालीसहित विभिन्न जिल्लामा दुई दिनदेखि हिउँदे वर्षा भइरहेको छ। पश्चिमी निम्न चापीय प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।