स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।
राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ ।
क्यानोनिङ गर्ने क्रममा लडेर कास्कीमा एक जनाको मृत्यु भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।
सर्वोच्च अदालत दायर भएको कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ ।
पछिल्लो केही समययता आएर बाँकेमा सीमापारिबाट हुने तस्करी हवात्तै बढेको छ ।
इसापूर्व छैटौँ शताब्दीमा नेपालको लुम्बिनी वनमा शाक्य राजकुमार सिद्धार्थको जन्म भएको थियो । सिद्धार्थले २० वर्षको उमेरमै दुःखका कारण तथा ज्ञान प्राप्तिका लागि आफ्नो परिवार र राजदरबार नै त्यागे । पछि छ वर्षसम्म कठिन तपस्याले वैशाख पूर्णिमाको दिन बोधगयामा सम्बोधि लाभ गरी उनी बुद्ध भए ।
चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोद्धार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो ।
काठमाडाैं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ ।
बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।
नेपाल वायुसेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो ।