‘कालो सुन’को नामले परिचित अलैँचीको मूल्यलाई चिराइतोको मूल्यले उछिनेको छ । उच्च हिमाली जिल्ला ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यभन्दा चिराइतोको मूल्य धेरै भएपछि किसान र व्यवसायी उत्साहित भएका छन् । चिराइतो व्यवसायी तथा सङ्कलक स्थानीय गोविन्दराज बरालका अनुसार ताप्लेजुङमा चिराइतो प्रतिमन (४० किलोग्राम) ३० देखि ३२ हजार रुपियाँमा कारोबार भइरहेको छ । झापाको बिर्तामोडमा प्रतिमन ३५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उहाँले बताउनुभयो ।
चितवनका नदी किनार होटल र रिसोर्टले भरिएका छन् । कुनै समय बाढीले जग्गा कटानको समस्या भोगेका किसान अहिले ठूला लगानीकर्ताले जग्गा खरिद गरेपछि त्यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । पश्चिम चितवनको जगतपुरदेखि मेघौलीसम्मको क्षेत्रमा पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राखेका छन् । ती क्षेत्रमा अहिले ठूला होटल खुलेका छन् भने कतिपयले पछि खोल्नका लागि जग्गा ओगटेर राखेका छन् ।
होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिका सुर्खेतका लेखा अधिकृत मोहनबहादुर बुढासमेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। खाली बिलमा किर्ते बिल भर्पाई तयार गरी भुक्तानीका लागि गोश्वारा भौचर र बैङ्कको चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी दुई लाख ६२ हजार ५०२ रुपियाँ भुक्तानी दिएको देखिएको अख्तियारको आरोप छ।
सरकारले क्रसर उद्योग नियमन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र बिनाअनुमति सञ्चालन भइरहेकालाई बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय प्रमुखको बैठकमा फोहोर व्यवस्थापनका विषयमा छलफल भएको र त्यसैबाट स्थानीय पालिकासँग छलफल गर्ने निर्णय भएको बताउनुभयो । उहाँले विशेष गरी महाकालीको सीमा क्षेत्रका स्थानीय तहमा भित्रिने प्लास्टिक र मदिराका सिसी व्यवस्थापनका विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नपाल–भारत सीमा नदीका रूपमा रहेको महाकाली नदीमा नेपाल र भारततर्फ
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।
राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत ग्रेड दिनुपर्ने, निजामती र अन्य कर्मचारीबीच नमिलेका मर्यादाक्रम मिलाउनुपर्ने, अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई अतिरिक्त समय भनिए पनि पूरा समय काम गर्नुपर्ने भएकाले पूर्ण कालको सेवासुविधा दिनुपर्ने,
उपप्रधामन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको अल्टिमेटम नाघ्दा पनि काठमाडौँका सडकका खाल्टाखुल्टी अझै पुरिएको छैन। सम्बन्धित निकायका कर्मचारीलाई मन्त्रालयमै बोलाएर १५ दिनभित्र काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठले अल्टिमेटम दिनुभएको थियो। अल्टिमेटमको अवधि माघ ३ गते सकिएको छ। उहाँले गत पुस १९ गते अल्टिमेटम दिनुभएको थियो।
माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर लगिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको बताउनुभयो ।
मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।
सुनसरी जिल्लाको को इनरुवामा बिक्रीका लागि राखिएका सरस्वतीका तयारी मूर्ति ।
मेलम्ची नगरपालिका–६ का किसानलाई वितरण गर्न राखिएको हाते ट्रयाक्टर ।
सञ्चार माध्यम व्यवस्थापनमा देखिएका कठिनाइलाई सहज तुल्याउन प्रेस काउन्सिल नेपालसहित ४ वटा निकायहरु एकै ठाउँ जुटी समाधान खोजेका छन् ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिनुभएको छ।
भरतपुर –१९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि त्यसको उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुभयो । कुखुरापालन व्यवसाय गर्दै आउनुभएका उहाँले जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नु परेको हो ।