पाल्पा जिल्ला अस्पतालमै उपचार गर्ने जिल्लाभित्रका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ ।
भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।
पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय डोल्पामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको पाइएको छ ।
बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० मा ३२ जना सर्वसाधारणको पानीमा डुबेर मृत्यु भएको छ ।
मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयमा टिकाउनका लागि बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।
सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएको राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुती रहेका २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् ।
पर्खाइमा बसेका आँखाहरू प्रगाढ मायाको ध्वनि सुन्न आतुर कानहरू मुटुका ढुकढुकीको प्रतीक्षामा टोलाएका मनहरू न त सुसेलीका भाका बुझ्छन्
सदरमुकाम सिमकोटको रिङरोड निर्माणका लागि विनियोजित बजेट वर्षेनी फ्रिज जाने गरेको पाइएको छ । सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गा धनी उपभोक्ताहरुले समयमै काम सुरु नगर्नु र असार अन्तिममा काम गर्ने प्रबृतिका कारण सो बजेट फ्रिर्ता जाने गरेको हो ।
नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
आजभन्दा एक सय ११ वर्षअघि उत्तरी आन्ध्र महासागरमा डुबेको ‘टाइटानिक’ पानीजहाज यतिबेला पुनः चर्चामा छ। संसारभरका सञ्चार माध्यममा टाइटानिक छाएको छ। टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच पर्यटकको समुद्रमै डुबेर निधन भएको छ। ‘टाइटन’ नामक पनडुब्बीमा टाइटानिक हेर्न जानेहरूमा पाकिस्तानी मूलका बेलायती अर्बपति दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, बेलायती अर्बपति हमिश हार्डिङ, पल–अन्री नार्गेओ र ओसनगेट कम्पनीका प्रमुख स्टक्टन रस थिए।
मानव जातिले पाएको अतुलनीय वरदानमध्ये एक हो बोली। एकैछिन कल्पना गरौँ, बोली नभएको भए मानव समाज कस्तो हुन्थ्यो होला ?, बोलीको अभावमा विचार र भावना साटासाट गर्न कति कठिन हुन्थ्यो होला ? बोलीले नै मानव अभिव्यक्ति सशक्त हुन गएको छ। बोलीले मानव अभिव्यक्तिलाई मात्र होइन मानव सभ्यता उन्नत अवस्थामा पु-याएको छ। बोलीबाटै मानव सभ्यताको अकल्पनीय विकास र विस्तार हुन सम्भव भएको भन्न सकिन्छ। मानव अभिव्यक्ति र सभ्यतामा जीवनदायिनी भूमिका खेल्ने
बाँकेस्थित राप्ती नदीको बीचमा रहेको टापुमा फसेका पाँच जना स्थानीयको उद्धार गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– ४, लालपुरस्थित नदीको बीच टापुमा फसेका पाँच जना स्थानीयको सकुशल उद्धार गरिएको हो ।
नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिकसहित खाद्यान्न सामग्री वितरण गरेको छ ।