यतिखेर प्रदेश लोकसेवा आयोगको प्रभावकारिता र उपादेयताका बारेमा चेतनशील वर्गका बीच छलफल हुन थालेको छ । नेपालमा सङ्घीय शासन प्रणालीको कार्यान्वयन भइराखेको छ । संविधानले नै सबै प्रकारका सरकारले सम्पादन गर्नुपर्ने कार्य र निर्वाह गर्नुपर्ने दायित्वका बारेमा प्रस्ट पारेको छ । संविधानमा रहेका प्रावधानको अध्ययन गर्दा ७६१ वटै सरकार आफ्नो कार्यक्षेत्रमा पूर्ण रूपमा स्वतन्त्र छन्, तर सङ्घको ऐन, नियमलाई र केन्द्रीय संविधानलाई प्रदेशले मान्नुपर्ने प्रा
उच्च जाति भनिएका वा खसआर्य समुदायले पछिल्ला समय दलित समुदायले पाउँदै आएको आरक्षणप्रति प्रश्न उठाउने गरेको छ । यसलाई केही कुलीन वर्गले समर्थन गर्ने पनि गरेका छन् । जसलाई उठाएर एक वा अर्काे प्रकारले आरक्षण खारेजीको अभियान तीव्र बनाइएको छ । जुन खसआर्य समुदायबाटै भइरहेको छ ।
१. बहराइन राज्यले प्रदान गर्ने प्रतिष्ठित इसा पुरस्कारबाट सम्मानित नेपाली चिकित्सक को हुन् ? डा. सन्दुक रुइत – मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पु-याएबापत वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत १० लाख डलर (करिब १३ करोड रुपियाँ) राशिको प्रतिष्ठित ‘इसा अवार्ड’बाट सम्मानित भएका । बहराइनस्थित ‘इसा अवार्ड फर द सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले सन् २०२३ जनवरी १७ मा रुइतको नाम छनोट गरी अवार्ड दिने घोषणा गरेको ।
स्थानीय शासनमा जनसहभागिता १. दिगो विकास लक्ष्य हासिल गर्न नेपालले गरेका प्रयास उल्लेख गर्नुहोस् । विश्वव्यापी आर्थिक–सामाजिक रूपान्तरण एवं विकासका हरेक आयाममा कसैलाई पछाडि नछोड्ने प्रतिबद्धताका साथ सन् २०३० सम्म हासिल गर्ने गरी घोषणा गरिएका विकासका साझा कार्यसूची नै दिगो विकास लक्ष्य हुन् । यो घोषणामा १७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ वटा विश्वव्यापी सूचक निर्धारण गरिएका छन् । नेपालले पनि यी लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै आफ्नो विशिष्ट आवश्यकताअनुसार परिमार्जन गर्दै लक्ष्य प्राप्तिका लागि क्रियाशील रहेको छ ।
सुनकोशी गाउँपालिका ओखलढुङ्गामा खुलेआम नदी पैदावरको अवैध उत्खनन् भईरहेको छ । सुनकोशी नदी, मोलुङ खोला लगायतका नदी नालाहरुमा अवैध रुपमा खुलेआम ढुङ्गा,गिटी,बालुवाको जथाभावी उत्खनन् भईरहेको हो ।
जिल्लाका स्थानीय मिर्गौलापीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान गर्दै आएको धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । डायलासिस प्रक्रियामा प्रयोग हुने आरो पानी उत्पादन गर्ने मेसिन थपिएपछि सो सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रामा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडेलले बताउनुभयो । आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि यता दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ ।
बेनीबजार गणेशटोलका सुकलाल किसानको तीन पुस्ताले जुत्ता सिलाएर जीवन निर्वाह गर्दैआएको छ । त्यही पुर्ख्यौली सीपको बिँडो अहिले सुकलालले धान्दै आउनुभएको छ । सानो छँदा बुवाले सिकाएको त्यही सीपले यतिबेला सुकलालको जीवनमा ठूलै परिवर्तन ल्याइदिएको छ । सामान्य लेखपढ गर्न मात्र जान्ने सुकलालले जुत्ता सिलाउने र पालिस लगाउने पेसाले छोराछोरीलाई उच्च शिक्षादीक्षा दिनुका साथै बजारमा घरघडेरी जोड्नुभयो ।
घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहनुभएको छ ।
घोराही उपमहानगरपालिका–२, निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ। २० लाख रुपियाँ लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका भण्डारी जिल्लामा बाख्रापालनका लागि घाँसको समस्या भएको बताउहुन्छ।
नेपाली ब्यवसायी संघ बेल्जियमको अध्यक्षमा चिरनकुमार खवास निर्वाचित हुनुभएको छ । संघको मंगलबार भएको सातौं अधिवेशनले आगामी तीन वर्षको लागि खवासको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो। घरपरिवारका सबै सदस्यले काम गर्नुपथ्यो तर अहिले गाउँमै मकै छोडाउने मेसिन भित्रिएपछि दिनभर लाग्ने काम एकै घण्टामा सकिन्छ। गौमुखी गाउँपालिका–६, लिबाङ निवासी खत्री अहिले गाउँमा आधुनिक प्रविधि भित्रिएपछि किसानलाई सहज भएको अनुभव गर्नुहुन्छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानहरूले आर्थिक मितव्ययिता, फजुल खर्च कटौती र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क स्थापनाको ५८औँ वर्षमा प्रवेशका अवसरमा मङ्गलबार राजधानीमा आयोजित समारोहमा उहाँले सार्वजनिक संस्थानहरूले अर्थतन्त्र जोगाउनका लागि खर्च कटौती गर्नुपर्ने बताउनुभएको हो। अर्थतन्त्र चलायमान बनाउन आर्थिक वृद्धि आवश्यक रहेको भन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताउनुभयो।
भूमाफियाको सञ्जालले जग्गा हडप्ने प्रयास थालेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर घारिबथानका स्थानीय एकजुट भएका छन्। गएको आइतबार चिन्दै नचिनेका मानिसहरू आएर जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले भूमाफिया गिरोहका सात जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए। आफूहरूले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा अपरिचित व्यक्तिहरू आएर नापजाँच गरेको घटनापछि गाउँमा कोही नयाँ मानिस आउँदा डर लाग्न थालेको स्थानीय सन्तोषी अस्थानीले गुनासो गर्नुभयो।
जिल्ला अस्पातल इनरुवा सुनसरीको छ महिनादेखि बैठक बस्न नसक्दा अस्पतालको व्यवस्थापनमा समस्या भएको छ। अस्पताल व्यवस्थापन समितिको बैठक बस्न नसक्दा नयाँ उपकरण खरिददेखि कर्मचारीले पारिश्रमिक पाउनसमेत समस्या भएको छ। अस्पताल व्यवस्थापनले काम नगरेपछि मङ्गलबार सरोकारवालाहरूले सर्वपक्षीय छलफल गरेका छन्। छलफलमा अस्पताल प्रशासन र व्यवस्थापन समितिबीचको विवादको वास्तविकता सार्वजनिक गर्नुपर्ने, व्यक्तिका कारणले अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई बन्धक बनाउनेको विरुद्ध भण्डाफोर गर्नुपर्ने, आर्थिक पारदर्शिता हुनुपर्नेलगायतका विषयमा छलफल भएको अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडाबाट फागो टोलतर्फ जाने एक किलोमिटर सडक १९ दिन भइसक्दा पनि खुल्न सकेको छैन। तत्कालीन उर्लाबारी नगरपालिका र उपभोक्ताले आधाभन्दा बढी लागत बेहोरेर निर्माण गरेको उक्त सडक क्रसर उद्योगको गिटी बोक्ने ठूला गाडीले बिगारेको भन्दै स्थानीयले पुस २१ गते सडक बन्द गरेका थिए। उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर प्रधानले भन्नुभयो, “सडकको भारवहन क्षमताभन्दा ठूला गाडी गुड्न थालेपछि बाध्य भएर सडक बन्द गरेका हौँ।”