नेपालमा प्राविधिक शिक्षाको बारेमा बहस चल्न थालेको दशकौँ भइसक्यो । अहिले देशलाई गरी खाने शिक्षा चाहिएको छ । आजका सन्ततिलाई दुई–दुई विषयमा डिग्री पास गरेर झोलामा प्रमाणपत्र बोकी जागिर खोज्न विदेशतिर लाग्नुपर्ने शिक्षा चाहिएको छैन । हो, प्राविधिक शिक्षाले बेरोजगारीको बढ्दो समस्यालाई हल गर्न केही हदसम्म सहयोग गरेकै छ । यसले व्यावहारिक सिप र ज्ञानका साथै व्यावसायिक सिप सिकेर भावी दिनमा रोजगारीका सम्भावना पहिल्याउन विकल्प दिएको छ । यस आलेखमा प्राविधिक शिक्षा ः सिप, रोजगारी र आर्थिक विकासका बारेमा प्रकाश पारिने छ । रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई अगाडि
नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाली कांग्रेसभित्रको अन्तर्घातले ठुलो विकृति निम्त्याएको बताउनुभएको छ । सर्लाहीको धनकौल बजारमा बुधबार कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ देउवाले पार्टीभित्रको अन्तर्धातकै कारण कांग्रेसले चुनाव हार्ने गरेको बताउनुभयो । “३६४ दिनसम्म कांग्रेस हुने तर मतदानको एक दिन कम्युनिस्ट तथा अन्य पार्टीमा लाग्नेहरूका कारण हामीले चुनाव हार्ने गरेका छौँ,” नेतृ देउवाले भन्नुभयो, “हामी हाम्रै कारणले चुनाव हार्छौं, हामीलाई कसैले हराउनु पर्दैन ।”
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।
शाखा अधिकृत पदका लागि लोक सेवा आयोगले लिएको पहिलो चरणको परीक्षाको नतिजा हालै सार्वजनिक भयो । २०७९/८० का लागि ३१८ जना शाखा अधिकृत पदको विज्ञापन खुलेकोमा १५ हजार ९८४ जनाले परीक्षा दिएका र त्यसमध्ये पाँच हजार ९६७ जनाले मात्र पहिलो चरण उत्तीर्ण गरेको लोक सेवा आयोगको तथ्याङ्कले देखाउँछ । अर्थात् यस पटक शाखा अधिकृतको विज्ञापनमा कुल माग गरिएको पदसङ्ख्या भन्दा ५० गुणा धेरैले आवेदन गरेका छन् । त्यस्तै लोक सेवा आयोगको ६३ औँ वा
कपिलवस्तुमा अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।
मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ ।
गौतम बुद्धका आदर्श शिक्षा र उहाँका सम्पूर्ण ज्ञानहरुमा आधरित दोलखाको बिगु गाउँपालिका–१ स्यालुको स्यप्लुङ ओगेन दोङग छ्योलिङ् गोन्पा गुम्बा महत्त्वपूर्ण हुँदाहुँदै ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट सय रुपियाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ । सङ्घलगायत यस क्षेत्रका व्यावसायिक सङ्घ संस्थाको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो । सीमानाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजारमा चहलपहल हुन थालेको र सरकारको राजस्व असुलीमा पनि प्रगति भएको भन्दै सङ्घले सीमानाका कडाइलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो ।
नाटक ‘चक्र’ भित्र कुनै कलाकारको अभिनय छैन । दर्शक नै नाटकका कलाकार हुन् । उनीहरूले एक घण्टाको यात्रामा जे जे अनुभव गर्छन् त्यो नै नाटक हो । नाटक घरमा केवल १५ जना दर्शक मात्र अटाउँछन् । उनीहरू नै कलाकार, उनीहरू नै दर्शक । थिएटरभित्र एउटा मञ्च छ, जहाँ १५ वटा कुर्सी राखिएका छन् । हरेक कुर्सी अगाडि एक/एक वटा ज्याकेट झुन्ड्याइएको छ । १५ जना दर्शकलाई कुर्सीमा बस्न आग्रह गरिन्छ । उनीहरूलाई नदेखिने चस्मा लगाउन लगाइन्छ । त्यसपछि मञ्चमा आवाज आउन थाल्छ । कुर्सीमा बसेकालाई चम्चामा मह र घिउ पालैपालो मुखमा राख्न लगाइन्छ । त्यसपछि कालो ज्याकेट लगाइदिइन्छ । कपडाको जुत्ता लगाइदिइन्छ । अनि समाएर कतै थाहा नहुने ठाउँमा लगिन्छ ।
खाना पकाउँदा आगोमा जलेर गुल्मीमा एक जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका– ५ का ३० वर्षीय गुन्जमान विकले मगङ्लबार राति खाना पकाउँदै गर्दा एक्कासी चक्कर लागेर आगोमा परी घाइते हुनुभएको हो ।
कोशी प्रदेशको नेपाली साहित्यको अभिलेखन ग्रन्थ लोकार्पण गरिएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका नेपाली साहित्य र साहित्यकारलगायतका बारेमा विस्तृत चर्चा एवं खोज गरिएको पुस्तकको सूर्योदय नगरपालिकामा एक कार्यक्रमबिच लोकार्पण गरिएको हो । कोशी प्रदेश सरकारको सहयोगमा गणेश रसिक फाउन्डेसनले प्रकाशन गरेको पुस्तक समग्रमा कोशी प्रदेशका नेपाली साहित्यका बारेमा एक विशेष दस्ताबेज नै भएको पुस्तकका प्रधान सम्पादक तथा साहित्यकार गणेश रसिकले जानकारी दिनुभयो । कोशी प्रदेशका पूर्वपर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । उहाँ मन्त्री भएकै बेला उक्त पुस्तकको काम थालिएको थियो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ ।
इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ गरी बजार पठाउन सफल भएपछि यस बर्ष सिस्नोको ब्रान्डिङ गर्ने भएको छ । स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु-याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित गर्दै सिस्नोको ब्रान्डिङ गर्ने भएको हो । गाउँपालिकाले छ महिनाअघिदेखि सहकारीमार्फत किसानका बारीको साग सङ्कलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, “गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो ।” गुन्द्रुकलाई गुणकारी खाद्यवस्तुका रूपमा समेत चिनिने गरेको उहाँले जानकारी दिनुभयो ।
१. सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? सिङ्गापुर – सो सूची अनुसार नेपाल ९९ औँ स्थान (३८ राष्ट्रमा पहुँच) मा रहेको छ । सूचीमा अग्रस्थानमा रहेका राष्ट्रहरू