धनकुटा नगरपालिका वडा नम्बर ९ गुठिटारका पदमबहादुर राई आफैँ गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नु हुन्छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिमका स्थानीयले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् ।
सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाउनुभएको छ ।
रुकुम पूर्वमा सोमबार जिल्ला स्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकलहरू मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्ला स्तरीय अनुगमन टोलीले निजी मेडिकलहरूमा गैरजिम्मेवार र मापदण्ड विपरीतको सेवा प्रभाव गर्ने गरेको भेटिएको हो ।
गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई सङ्क्रमित बनेका छन् ।
देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले म्याद गुर्जेका औषधी बेच्ने र दर्ता नभएका पसलमा ताला लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले कपिलवस्तु नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा ४ र शुद्धोधन गाउँपालिकामा एक गरी नौ वटा औषधि पसलमा अनुगमन गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ ।
निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।
फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले स्तब्ध बनायो ।
जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न सुरु गरेको हो ।
एक हप्तादेखि सञ्चालनमा आएको कालीगण्डकी कोरिडोरको पूर्वी नवलपरासी खण्ड सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ ।
दुई हप्तादेखि कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ को खच्चदेखि सलीसल्लासम्मको सडक अवरुद्ध भएको छ । खच्चमा माथिबाट आएको पहिरोले सडक पुरिँदा यातायातका साधन अवरुद्ध हुँदै आएका हुन् ।
बाँकेमा पछिल्लो समयमा आएर डेंगुका बिरामी भेटिन थालेका छन्। चिकित्सकका अनुसार केही दिनयता अस्पताल र क्लिनिकमा डेंगुका बिरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ।