म तिम्रो नजिक, टाढा, वरिपरि, जताततै छु चुल्होमा छु, चौकामा छु वनमा छु, बुट्यानमा छु खेतमा छु, खलियानमा छु आँगनमा छु, मटानमा छु;
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भेटवार्ता भएको छ । बालुवाटारमा मङ्गलवार बिहान उहाँहरू बिच भेटवार्ता भएको हो ।
स्वर किन्नरी तारादवीको पुण्य स्मृतिमा विभिन्न स्रष्टालाई सोमबार सम्मान गरिएको छ। उहाँको १७औँ स्मृतिमा तारादवी स्मृति फाउन्डेसनले कल्पना रञ्जित, यादव खरेल, माणिकरत्न स्थापितलाई नगद २५ हजारसहित सम्मान गरेको हो। कार्यक्रममा गीत/सङ्गीतलाई जीवन्त राख्न तारादवीका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो। तारादवीको यो नेपाली शिर उचाली... बोलको गीतले कार्यक्रममा देशभक्ति छाएको थियो। त्यसपछि कालीपारि दाइ कति राम्रो..., फूलको थुङ्गा..., ए कान्छा... बोलको गीतले सङ्गीतमय भएको थियो।
प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। दीपक तामाङ लामाले निर्देशन गर्नुभएको चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहनुभएको छ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका स्थायी बसोबास भएका डा. विष्णु राई नेपाली साहित्यका चर्चित स्रष्टा हुनुहुन्छ। उहाँका दर्जनौँ कृति प्रकाशित भइसकेका छन्। भर्खरै उहाँको ‘खियामा ब्लु स्काई’ नामक अङ्ग्रेजी भाषामा लेखिएको कविता/गीत सार्वजनिक भएको छ। मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्नुभएका डा. राई प्राध्यापन पेसामा रहनुभएको छ। साहित्य, लेखन, अध्ययनमा धेरै नै रुचि राख्नुहुने उहाँसँग साहित्यिक गतिविधिमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानी :
कर्णाली प्रदेशमा रहेका मन्त्रालय घटाइएको छ । हाल आठ मन्त्रालय कायम रहेको एक मन्त्रालय घटाइएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो ।
जथाभाबी सडक निर्माणले वन फँडानी हुँदा औषधीय गुणयुक्त लौठसल्ला संरक्षणमा चुनौती थपिएको छ। सङ्कटमा परेको लौठसल्ला संरक्षणका लागि बैतडीमा पहल थालिएको छ। वनस्पति अनुसन्धान केन्द्र कैलाली, डिभिजन वन कार्यालय बैतडी र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको पहलमा संरक्षण थालिएको हो।
यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाइ भइरहेको समयमा मङ्गलवार बिहान देखि हिउँ पर्न सुरु गरेको छ ।
धनगढी उपमहानगरपालिकावासीको मत आकर्षित गर्न धनगढी गाउँ–जुगेडा सडक मर्मत गर्ने नाराले अघिल्लो निर्वाचनका बेलादेखि नै चर्चा पाउँदै आएको छ। यद्यपि, सडकको अवस्था ज्युँका त्युँ छ। धनगढी उपमहानगरपालिकाका विभिन्न सडक स्तरोन्नतिसमेत हुँदै आएको छ। तर, धनगढी गाउँ–जुगेडा सडक स्तरोन्नति अझै हुन सकेको छैन।
चमेलिया जलविद्युत् आयोजनाको तारमुनि जमिन र घर परेका पीडितले मुआब्जा नपाएको भन्दै विद्युत्को लाइन विस्तारमा अवरोध गरेका छन्। विद्युत्को टावर बनाइएको जग्गाको समेत मुआब्जा नपाएपछि अमरगढी नगरपालिका–७, पोखराको भाटागाउँ र कैनी टोलवासीले तार विस्तारमा अवरोध गरेका हुन्। स्थानीय प्रकाश भट्टराईको खेती गर्ने जग्गामा विद्युत्को टावर निर्माण गरिएको छ। तर, अहिलेसम्म पनि उचित मुआब्जा नपाएको उहाँको गुनासो छ।
शिक्षक सेवा आयोगले केही दिन पहिले प्राथमिक तह तृतीय श्रेणी शिक्षकको नतिजा प्रकाशन ग-यो। सार्वजनिक नतिजाअनुसार खुला प्रतियोगितात्मक लिखित परीक्षामा धेरै जिल्लामा माग सङ्ख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भए। केही जिल्लामा माग सङ्ख्याभन्दा आवेदन नै थोरै परे। आयोगले प्रकाशित गरेको हुम्ला, मुगु, डोल्पा, रुकुम–पश्चिम, जुम्ला, कालीकोट, सल्यान, जाजरकोट र दैलेखको नतिजाले शिक्षक पेसाप्रति अरुचि बढ्दै गएको देखाएको छ। हुम्लामा ३५ जना प्राथमिक तहको शिक्षकको माग भए पनि २७ जनाले मात्र परीक्षा दिएका थिए। तीमध्ये सात जना मात्रै उत्तीर्ण भए। प्रतियोगितात्मक लिखित परीक्षा दिएका २७ मध्ये २० जनाले न्यूनतम अङ्कसमेत ल्याउन सकेनन्।
मुद्दा छिनोफानो गर्ने प्रस्ट अधिकार कानुनले वन अधिकृतलाई नदिँदा करोडाैँ रुपियाँको सम्पत्ति र राजस्व खेर गइरहेको छ । काठ चोरी निकासी गर्न लागेको अवस्थामा नियन्त्रण गरेर ल्याइएका सवारीसाधन र काठको मुद्दा छिनोफानो गर्ने अधिकार डिभिजन वन अधिकृतलाई कानुनले प्रस्ट नतोक्दा ती सवारीसाधन लिलामी नभई कार्यालयमा त्यसै थन्किएर जान थालेका छन् । सङ्घीय शासन व्यवस्था आएपछि चोरीमा संलग्न भएर नियन्त्रणमा लिएका साधनको मुद्दा किनारा लाग्न सकेको छैन ।