गाउँघर नजिकका तालतलैया क्षेत्र सुक्न थालेपछि इनारमा पानी आउन छाड्यो। गर्मीमा त पानीको समस्या झनै बढ्न थाल्यो। तालतलैयाको संरक्षण नहुँदा पानीका मुहानहरू पनि सुक्न थालेका थिए। अहिले गाउँघर वरपरका तालतलैयाको संरक्षण समुदायस्तरबाट हुन थालेपछि पानीको मुहानमा पानी आउन थालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताउनुभएको छ। सोमबारदेखि सुरु भएको लुम्बिनी विकास कोष परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमै संरक्षण गर्नुपर्ने बताउनुभएको हो। विदेशीको नक्कल गर्दा सम्पदा क्षेत्रभित्र पार्क, फाइभ स्टार होटल जस्ता संरचना बन्न थालेको भन्दै त्यसो हुन नदिने पनि उहाँले उल्लेख गर्नुभयो। कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा छ। जिल्ला सदरमुकामसमेत यसै नगरपालिकामा पर्ने भएकाले पनि आर्थिक सामाजिक भौतिक संरचना निर्माण, शैक्षिकलगायत स्वास्थ्य र सडक विकासको दृष्टिले पनि अन्य स्थानीय तहभन्दा धेरै महत्व छ। ठुलीभेरी नगरपालिकाका प्रमुखमा श्वबर्णकुमार बुढा हुनुहुन्छ। नेपाली कांग्रेसबाट प्रमुखमा निर्वाचित बुढाले दुर्गम नगरपालिकाको विकासका लागि क्षमताले सके अनुसारको काम गर्न लागेको बताउनुभयो। प्रस्तुत छ, नगर प्रमुख श्वबर्णकुमार बुढासँग गोरखापत्रका विष्णुप्रसाद देवकोटाले गर्नुभएको कुराकानी :
जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुगु शाखा कार्यालयले आवश्यकता अनुसारको चामल आपूर्ति गर्न सकेको छैन। खाद्यले आर्थिक वर्ष २०७९/८० मा नियमित कोटा अनुसार ११ हजार ८९० क्विन्टल चामल ल्याएको थियो। हाल एक हजार क्विन्टल चामल मौज्दात रहेको जनाइएको छ। कार्यालय प्रमुख पुष्कर भामका अनुसार जिल्लाको शाखा कार्यालयमा अनुदानका चामलको कोटा कम हुँदा जिल्लाका नागरिकको माग अनुसार वितरण गर्न सकिएको छैन।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
खलङ्गा–पाँचकाटिया सडक कालोपत्रेको काम अलपत्र परेको छ। निर्माण व्यवसायीको लापरबाहीले म्याद अनुसार काम सम्पन्न नगर्दा सडक अलपत्र परेको हो। असार मसान्तभित्र साढे पाँच किलोमिटर कालोपत्रे गर्ने भनिएको थियो। शान्तिचौतारादेखि गैरीखालीसम्म एक किलोमिटर बाँनिया महत वली जेभीले कालोपत्रेको काम सम्पन्न गरेको छ। गैरीखालीदेखि दारखोलासम्मको साढे पाँच किलोमिटर सडक ब्रज ग्रुप/बी एन्ड बी जेभी काठमाडौँले कालोपत्रे गर्ने जिम्मा लिए पनि समय अवधिभित्र नगर्दा अपत्र परेको डिभिजन कार्यालय चौरहजारीले जनाएको छ।
बहुप्रतीक्षित नलगाड जलविद्युत् आयोजनाको (विस्तृत योजना रिपोर्ट) डिपिआर प्रतिवेदन तयार भएको छ। ३१ महिनाभित्र तयार गर्ने सम्झौता भएता पनि सात वर्षपछि अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले उक्त डिपिआर तयार पारेको हो। आयोजनाका कार्यकारी निर्देशक सुनील पौडेलले परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले अन्तिम जाँचका लागि एनइए इन्जिनियरिङलाई गरिएको आग्रह अनुसार उसले राम्रो भएको प्रतिक्रिया दिएपछि डिपिआरको काम पूरा भएको जानकारी दिनुभयो। निर्धारित म्यादभित्र काम नभएपछि पटक पटक म्याद थप गर्दा सात वर्ष बित्नै लाग्दा बल्ल डिपिआर प्रतिवेदन पाइएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लाई पूर्णता दिनका लागि इआइए स्वीकृत गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको जनाइएको छ।
मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पु-याउने कार्य भइरहेको छ । यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ । बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताउनुभयो । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भन्नुभयो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–५, उपरकाँडा गाउँका ४२ वर्षीय गमै साउदले राम्रोसँग सुत्न नपाएको नौ महिना पूरा भएको छ । २०७९ कात्तिक २२ गते राति आएको भूकम्पले घर भत्किएपछि उहाँ अस्थायी टहरामा बस्दै आउनुभएको छ । पीडित साउद परिवारको घर नहुँदा हिउँदको चिसो र बर्खाको झरीमा पनि दैनिक बसाइ कष्टकर हुने गरेको छ । उचित राहत तथा पुनस्र्थापनाको कार्यक्रम सञ्चालन हुन नसक्दा डोटीका करिब चार हजार भूकम्प प्रभावित परिवार साउदको जस्तै दुःख भोग्दै आएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार डोटीमा ५३९ घर पूर्ण क्षति र चार हजार १९३ घरमा आंशिक रूपमा क्षति पुगेको छ । भूकम्पमा परेर छ जनाको मृत्यु भएको थियो ।
वर्षासँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणको उच्च जोखिम साउनदेखि कात्तिकसम्म रहने चिकित्सिक बताउँछन्। वर्षा सुरु भएसँगै डेङ्गुका सङक्रमित देखिएका हुन्। गण्डकी प्रदेशको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक एवं प्रवक्ता डा. नारायण श्रेष्ठले डेङ्गुको सङ्क्रमण सुरु भइसकेको बताउनुभयो। उहाँका अनुसार गण्डकी प्रदेशमा वैशाख यता २६४ जनामा डेङ्गुको सङक्रमण देखिएको छ। प्रदेशभर सबैभन्दा बढी कास्कीमा १९२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ। म्याग्दीमा २३, लमजुङमा २२, तनहुँमा ११, नवलपुरमा आठ, गोर्खामा पाँच, स्याङ्जा, बागलुङ, पर्वतमा एक/एक जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार तनहुँमा केही दिनअघि डेङ्गुको सङ्क्रमणबाट एक
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । उहाँ यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ६ को जालिमडाँडाका जितबहादुर राना खानेपानीको समस्याका कारण बसाइँ सर्ने सोचमा हुनुहुन्थ्यो। अब भने गाउँमा नै खानेपानी सहज भएपछि बसाइँ सरेर नजाने रानाले बताउनुभयो। जलिमडाँडाका धेरै परिवार बसाइँ सरेर सुगम ठाउँमा गइसकेका छन्। उनीहरूले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए जसका कारण गाउँबाट विस्थापित हुनेको सङ्ख्या बढ्दो थियो। गाउँका घर खाली हुँदै जानुको प्रमुख कारण खानेपानी नै भएको रानाले बताउनुभयो।
पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।