रामेछापको उमाकुण्ड गाउँपालिकाले ताबेँडाँडालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकाको सिमानामा रहेको ताबेँडाँडालाई धार्मिक, पुरातात्त्विक र आकर्षक दृश्यावलोकन स्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजनाअनुरूप अहिले काम भइरहेको छ । अहिले ताबेँडाँडा पुग्ने पदमार्ग, मन्दिर, च्योर्तेन, पिकनिक स्थललगायतका पूर्वाधार निर्माणको काम भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो ।
दोलखा सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालको सेवा निःशुल्क गर्न सरोकारवालाले माग गरेका छन् । सात वर्षदेखि निःशुल्क सेवा दिँदै आएको सो अस्पतालले माघ १ बाट शुल्क लिन सुरु गरेपछि स्थानीयले सेवा शुल्क निःशुल्क गर्न माग गरेका हुन् । दोलखा उद्योग वाणिज्य सङ्घ, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायत संस्थाका प्रतिनिधिले अस्पताल व्यवस्थापनसँग स्वास्थ्य सेवा निःशुल्क गर्न माग गरेका छन् । अस्पताल सञ्चालन गर्न भन्दै सेवाग्राहीसँग रकम लिने विषयमा हालै गरिएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती संस्थाले संयुक्त विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका छन् ।
नेपालगञ्ज विमानस्थलमा आठ महिनासम्म अलपत्र परेको ‘कार्गो जाँच एक्स–रे मेसिन’ जडान नहुँदै बिग्रिएको छ। कार्गो जाँचका लागि यहाँ ल्याइएको एक्स–रे मेसिन आठ महिनासम्म पनि जडान गरिएन। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले भने सो मेसिन आएको तीन महिनापछि गत भदौमा जडान गर्न खोज्दा बिग्रिएको पाइएकाले मेसिन जडान नगरिएको जनाउँदै बिग्रिएकै अवस्थामा कम्पनीबाट आएको हुनसक्ने जनाएको छ। नेपालगञ्ज विमानस्थलबाट कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा ठूलो परिमाणको सामान हवाईजहाजमार्फत ढुवानी हुने हुँदा ती सामानको जाँचका लागि उक्त एक्स–रे मेसिन आठ महिनाअघि यहाँ ल्याइएको थियो।
पश्चिम नवलपरासीको बर्दघाटदेखि पश्चिम कपिलवस्तुको चन्द्रौटासम्मको भूभाग जोडेर बृहत्तर बुटवल निर्माण गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको छ। बुटवलको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कामको विषय समेटेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले मुख्यमन्त्री लीला गिरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले बुटवललाई सबल आर्थिक केन्द्रसहितको बृहत्तर बुटवल निर्माण गर्ने गरी योजनाबद्ध विकास गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ। त्यसका लागि पश्चिम नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्मको भाग समेटेर बृहत्तर बुटवल निर्माण गर्नुपर्ने ध्यानाकर्षणमा उल्लेख छ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका केही मन्त्रालयलाई लमहीसम्म राख्ने योजना ल्याएको छ। राप्ती उपत्यका क्षेत्रमा प्रशस्त भौतिक पूर्वाधार नभएपछि बढीमा दुईवटा मन्त्रालय लमही क्षेत्रमा राख्ने गरी तयारी थालिएको हो। राजधानी कार्यान्वयन गर्न र त्यसको भौतिक पूर्वाधारलगायतको व्यवस्था गर्न राजधानीका लागि आवश्यक प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा राजधानी व्यवस्थापन समन्वय समिति गठन गरिएको छ।
सुगम जिल्लाका रूपमा परिचित पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुग्न सकेको छैन। यस जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालीका १३ वटा वडामा अझै पनि बिजुली पुगेको छैन। यो वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पु-याउन काम दु्रत गतिमा अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणको कावासोती कार्यालयका निमित्त प्रमुख निश्चल अधिकारीले जानकारी दिनुभयो। यसबाट यहाँका करिब ५० हजार जनता लाभन्वित हुने अधिकारीले बताउनुभयो।
प्रत्येक मुलुकले आफ्ना नागरिकलाई परिचयका केही आधारभूत कागजात प्रदान गरेका हुन्छन्। यो विश्वव्यापी मान्यता नै हो। नेपालमा वर्षौंदेखि र हालसम्म पनि नागरिकताको प्रमाणपत्रलाई नेपाली हुनुको परिचयको कागजात मानिन्छ। यही नागरिकता प्रमाणपत्रलाई राष्ट्रिय परिचयपत्रले विस्थापित गर्ने उद्देश्यसहित नेपालमा एक्काइस वर्ष अघि प्रक्रिया सुरु गरिएको थियो। राष्ट्रिय परिचयपत्रको प्रक्रिया सुरु भएको यति लामो अवधिसम्म पनि यो परियोजनाले टुङ्गिन सकेको छैन। नागरिकको सास्त्री भने बढिरहेको छ। वर्षौं अघिदेखि प्रक्रियामा गएका नागरिकले पनि राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन्।
नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दती खातामा राखेको निश्चित सीमासम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो। बैङ्क तथा वित्तीय संस्था ग्राहकका निक्षेपको संरक्षक भएकाले ग्राहकको निक्षेप कुनै पनि बेला फिर्ता गर्ने अवस्थामा रहनुपर्छ।
शिक्षा भनेको अरूलाई ज्ञान सिकाउने कार्य वा अरूबाट ज्ञान लिने दुवै कार्य हो। शिक्षा भनेको शिक्षण संस्थाबाट प्राप्त हुने ज्ञान हो भनिन्छ। वास्तविक जीवनका उदाहरण हेर्दा प्राथमिक विद्यालय, उच्च र कलेजहरू शिक्षामा केन्द्रित संस्था हुन्। मानिसलाई यी स्थानमा महìवपूर्ण जानकारीहरू र जीवनका लागि आवश्यक सीप सिकाइन्छ। मेडिकल कलेज, कानुन स्कुलले थप विशेष प्रकारका शिक्षाहरू प्रदान गर्छन्।
गाउँ, समाज एवं राष्ट्रका निम्ति आफ्नो जीवन तथा सर्वस्व समर्पित गर्ने वीर सपुत मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन्। नेपाली राजनीतिको क्षितिजमा जाज्वल्यमान एक यस्तै ताराका रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ। २१ वर्षअघि माघ १० गते उनको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरताको वातावरण थियो तर उनीजस्ता नेताकै निरन्तरको त्याग एवं समर्पणका कारण देश निरन्तर रूपमा अग्रगमनको बाटोमा लम्किरहेको छ। इमानदारिता, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात् गर्दै देशमा सामाजिक न्याय स्था
नेपालका लागि भ्रष्टाचार दीर्घकालीन रोग नै भएको प्रमाणित गराइँदै छ। सार्वजनिक जीवनमा स्वीकृत मूल्यविरुद्धको आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार भनिन्छ। जनजीवनमा यसलाई आर्थिक अपराधसित जोडेर हेर्ने गरिन्छ। यो समग्र आर्थिक विकासको बाधक नै भ्रष्टाचार हो। आर्थिक विकास सम्बन्धित क्षेत्रका विभिन्न पक्षमा हुने गुणात्मक परिवर्तन हो। आर्थिक विकासलाई सामाजिक, राजनीतिक, आर्थिक, प्राविधिक, पर्यावरणीय आदि विविध पक्षमा हुने विभिन्न पूर्वाधार निर्माण एवं यिनीहरूमा निरन्तर सुधारको प्रयासको समग्र रूप भनी परिभाषित गर्न सकिन्छ। भ्रष्टाचारलाई समाजको आर्थिक विकासको शत्रु नै मानिन्छ।
गण्डकीमा सात मन्त्रालय कायम गर्ने औपचारिक निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालय बनाउने निर्णय गरेको हो। आइतबारको अनौपचारिक बैठकले सात मन्त्रालय बनाउने सहमति गरेको थियो। सात मन्त्रालयमध्ये चार मन्त्रालय एमालेले पाउने भएको छ भने दुईवटा माओवादी तथा एक मन्त्रालय राप्रपाले पाउनेछ। हाल एमालेबाट दुई मन्त्री बनिसकेका छन् भने माओवादी र राप्रपाबाट एक/एक मन्त्री बनेका छन्। कायम रहने सात मन्त्रालयको नामसमेत तोकिएको छ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा लालपुर्जा वितरण गर्नका लागि १५८ जनालाई निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गुल्मीमै पहिलो पटक सो गाउँपालिकामा निस्सा प्रदान गरेको हो ।
बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीकी भीममाया विकले छ सन्तानलाई घरमै जन्म दिनुभयो। छवटा बच्चा जन्माउनुअघि उहाँले एक पटक पनि गर्भ परीक्षण गराउनुभएन। यसका विविध कारण थिए। पहिलो कुरा पायकमा स्वास्थ्य संस्था थिएनन्। दोस्रो कुरा गर्भावस्थामा गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि भएको पाइँदैन। उहाँलाई गर्भ परीक्षण र भिडियो एक्स–रेबारे कसैले पनि सचेत गराएनन्। उहाँका आमा तथा सासूहरूले ‘काम गर्दागर्दै आफैँ बच्चा जन्मन्छन् चिन्ता गर्नु पर्दैन’ भनेर प्रोत्साहन गर्नुभएको थियो।
हिउँदमा पनि वर्षाको भेल आउँदाजस्तो धमिलो बग्ने सेती नदी हाल कञ्चन देखिएको छ। छुनसमेत घिनाउनुपर्ने नदीको पानी यति बेला सङ्लिएर सिधै अँजुलीमा लिएर पिऊँपिऊँजस्तो भएको छ। तनहुँ जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएपछि नदी कञ्चन बनेको हो। उद्योग बन्द भएपछि नदीआसपासका जिल्लावासीले पुरानै अवस्थाको कञ्चन सेती देख्न पाएका हुन्। पानी सफा भएपछि यति बेला स्थानीयले नदी किनारमा घाम ताप्दै नुहाउन र लुगा धुन पाएका छन्।