उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
दैलेखको दुल्लु नगरपालिका –९ पादुकामा उद्धार गरेको ३६ घण्टापछि चितुवा मरेको छ । दुल्लूबाट दैलेख वन डिभिजन कार्यालय ल्याउँदै गर्दा चितुवा मरेको हो ।
सरकारले हरवा चरवालाई मुक्त घोषणा गरेको भए पनि पुनर्स्थापना नभएको भन्दै हरवा चरुवा प्रतिनिधिहरू आफ्नो माग लिएर सिंहदरबार पुगेका छन् । सरकारले गत साउन २ गते नै हरवा चरुवा मुक्त घोषणा गरेको थियो ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । यस प्रतियोगितामा सिजन २०२१/२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्व पदीय मर्यादा विपरीत काम गरेको आरोप लागेको छ ।
मिसेस नेपाल आइडल २०२३ को उपाधि इलामकी सजना खत्री केसीले जित्नुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा उहाँले मोष्ट इन्टिलिजेन्ट र मोस्ट पपुलर उपाधिसहित चाँदीको ताज पहिरन सफल हुनुभएको हो ।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा पूर्वाधार खरिद गर्दा भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता गर्नुभएको छ ।
नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयतामा ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ ।
विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघेसंक्रान्ति २०२३ कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो सहरमा सम्पन्न भएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९औँ संस्करण फागुन २३ गते हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच अवार्डको घोषणा गरेको हो ।
नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उपसभामुख मगरले आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण लिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।