केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनि राईले भिरमौरीको मह सिकार गर्न थालेको ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री सीता गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका दैनिक समस्याको विषयमा प्रस्ताव आउनुपर्ने बताउनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।
धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन ।
जर्मनी र इटालीले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।
बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको सफल परीक्षणपछि सोमबार उद्घाटन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताउनुभएको छ ।
इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया श्रीमती पार्वतीदेवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको हो ।
नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २०औँ विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिपमा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।