संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नु अगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ ।
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो ।
म्याग्दीको मंगला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको बाचा नभुली काम गर्ने बताउनुभएको छ । लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
पाकिस्तानभरि सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत् अवरुद्धका कारण कराँची र लाहोरका सहरहरूसहित देशका २२ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।
सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ ।
पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।
नेपाल स्रष्टा समाजले यस वर्षका लागि सुभद्रा विश्वराज स्रष्टा र रमेशगङ्गा स्रष्टाले दुई जनालाई सम्मन गर्ने घोषणा गरेको छ । समाजले वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई रमेशगङ्गा स्रष्टा प्रदान गर्ने घोषणा गरेको हो ।
स्पेनिस ला लिगा फुटबलमा शीर्षटोली बार्सिलोना र रियल म्याड्रिडले जित निकालेका छन् ।