वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियाको भ्रमण सम्पन्न गरी आज (सोमबार) साँझ स्वदेश फर्कँदै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ ।
साग प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुनुहुन्छ । उहाँहरू चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट भइसक्नुभएको छ ।
अनुगमनका क्रममा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीहरू पनि औषधि पसलले बिक्रीका लागि राखेको भेटिएको बताउनुभयो ।
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।
उत्तरी मोरङको लेटाङमा डेङ्गु सङ्क्रमण दर ह्वात्तै बढेपछि यहाँस्थित नगर अस्पातलमा बिरामीको चाप बढेको छ ।
युरोपियन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एसी मिलानमाथि प्रतिस्पर्धात्मक जित निकालको छ । आइतबार राति भएको खेलमा रियलले एसी मिलानलाई ३–२ गोलले हरायो ।
बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले आफ्ना जनप्रतिनिधिसँग तत्काल आयोजनाको काम सुरु गराउन पहल गर्न अनुरोध गरेका छन् ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
नवलपुरमा एक वर्षमा ३७ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा आ.व २०७९/०८० मा ३७ हजार ९ सय ५ सवारी कारबाहीमा परेका हुन् ।
झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् ।
सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लाग्न थालेपछि किनमेल गर्न सीमापारि सुनौलीबजार जाने उपभोक्ता घटेका छन् । सामान किनमेल गर्न बिहानदेखि साँझसम्म सिमावर्ती भारतको सुनौली र नौतनवा पुग्ने नेपाली उपभोक्ताको बिगतजस्तै भीड हिजोआज बेलहिया नाकामा छैन ।