अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताउनु भएको छ । उहाँले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैया सञ्चालनमा ल्याएको छ ।
मिर्गौलाभित्र पिसाबको मसिना गुजुल्टिएका नलीको सतही कोषबाट मिर्गौलाको क्यान्सर सुरु हुन्छ। मिर्गौला क्यान्सरको आशङ्का पिसाबको प्रारम्भिक जाँचबाट गर्न सकिन्छ। महिलाको दाँजोमा पुरुषमा मिर्गौलाको क्यान्सर हुने सम्भावना डेढ गुणा बढी देखिएको छ। मिर्गौलाको क्यान्सर मानिस ६० वर्ष पुगेपछि बढ्ता लाग्दछ। भौगोलिक, जनसाङ्ख्यिक र वंशाणुगत आधारमा मिर्गौलाको क्यान्सर प्रत्येक दशकमा दुईदेखि तीन प्रतिशतले वृद्धि हुने क्रममा छ। जोखिम तत्व मिर्गौलाको क्यान्सर जीवनशैलीसँग सम्बन्धित छ। धूमपान, मोटोपना, उच्च रक्तचाप यसका केही जोखिम तत्व हुन्। यसका साथै एस्बेस्टस, क्याड्मियम, सिसा (लिड), क्लोरिनयुक्त सोल्भेन्ट (घोलक), पेट्रोकेमिकल, पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बनलगायतका रसायनसँग सम्बन्धित उद्योगमा काम गर्ने मानिसमा मिर्गौलाको क्यान्सर हुन सक्ने व्यवसायजन्य जोखिम बढ्ता छ। त्यसै गरी ब्रुफेन, डिक्लोफेनाक, निम्स जस्ता पीडा कम गराउने औषधी लामो समय प्रयोग गर्ने व्यक्तिमा पनि मिर्गौलाको क्यान्सर देखिएको छ।
पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् तर बसपार्क बनाउन छुट्टाइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ ।
खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका–४, मनहरी र पिपलटारका बासिन्दाको घर घरमा खानेपानीको नयाँ धारा जडान भएको छ। तनहुँ–२ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको निर्देशन अनुसार योजना निर्माण अघि बढेको दुई महिना पूरा नहुँदै खानेपानी योजना सम्पन्न भएको हो।
म्याग्दीमा पछिल्लो पाँच वर्षको अवधिमा छ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म गण्डकी प्रदेश सरकारबाट विनियोजन भएका साना तथा ठुला सिँचाइ योजनाबाट जिल्लामा छ हजार २३२ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको हो।
चार वटा स्थानीय तह रहेको मनाङमा आम्दानीको मुख्य स्रोतका रूपमा जडीबुटीलाई लिन सकिन्छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ भने सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ।
दाङको बङ्गलाचुली गाउँपालिकामा निर्माण भएको शीतभण्डार प्रयोगमा नआईकन भत्किएको छ । बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीमा निर्माण गरिएको शीतभण्डार भत्किएको हो । कृषि उत्पादनका सामग्री राख्ने गरी निर्माण गरिएको शीतभण्डार भत्किँदा करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बङ्गलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार गरी एक करोड २७ लाख रुपियाँ खर्च गरेर सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको थियो ।
‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) बाट अर्घाखाँचीमा छ हजार २८० गाईभैँसी सङ्क्रमित भएका छन्। यीमध्ये हालसम्म १९२ वटा गाईभैँसी मरेका छन्। जिल्लामा गत वैशाखदेखि गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण देखिएको थियो। यसबाट उन्नत जातका चौपाया बढी मात्रामा सङ्क्रमित भएका छन्।
फोहोर व्यवस्थापन गर्न प्रायः प्लास्टिकका सामग्री प्रयोग गरिन्छ। केही ठाउँमा यस्तो अभ्यास पनि भइरहेको छ। यसले वातावरण सुन्दर राख्नुका साथै मानिसलाई कामकाजी बनाउँदै आर्थिक उपार्जनमा टेवा पु¥याइरहेको छ। त्यस्तैमध्ये एउटा काम हो, ‘डोको डस्टबिन’ । उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वले बजार क्षेत्रमा फोहोर सङ्कलनका लागि निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको छ। समुदायलाई स्थानीय स्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन निगालोबाट निर्मित ‘डोको डस्टबिन’ उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घ, रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले बताउनुभयो।
दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ। सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटेको सङ्घीय सरकारले बजेटमा छुटाउँदा कार्यान्वयनमा अलमल देखिएको हो। सरकारले स्पष्ट बजेट नतोकिदिँदा अहिले अस्पताल निर्माणको काम अघि बढेको छैन। चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौता अनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो तर बजेट व्यवस्थापनमा चुनौती भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले बजेट तोकेको छैन। अस्पताल निर्माणका काम अघि बढाउन बजेट व्यवस्थापनमा चुनौती बनेको छ।”
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले दमाहा बजाएर लिफ्टिङ खानेपानी योजनाको धारा उद्घाटन गर्नुभएको छ । विगतमा खानेपानीको समस्याका कारण बुहारीसमेत नपाउने सो गाउँमा मन्त्री धामीले दमाहा बजाएर सर्वसाधारणलाई छलिया नृत्यमा नचाउनुभएको थियो ।