नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलले सरकार सुन प्रकरणमा जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । ४५ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विचार गोष्ठीमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका मन्त्रीले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गर्नुभएको छ ।
मलामी बोकेर गएको ट्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिकामा एक जनाको ज्यान गएको छ । मलामी गएका पञ्चदेवल विनायक नगरपालिका –६ तोलीका २४ वर्षीय दीर्घ विकको घटनास्थलमै ज्यान गएको हो ।
काठमाडौं, साउन ७ गते । अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको छ । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिनुभयो । सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिनुभयो । एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा बर्षामा मौसममा आकस्मिक बाढी आउने गरेको छ । वर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिनुभयो । रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ । रासस

बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।
नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।
झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति सो काठ बरामद गरेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो ।
पोल्याण्ड पठाउने प्रलोभनमा नौ लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीमा मिटरब्याजी समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति गठन गरेर प्रक्रिया थालेपछि मिलापत्र प्रक्रियामा आउनेको सङ्ख्या बढेको छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका –३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला पर्नुभएको छ । साप्ताहिक हाट भर्न घरबाट हिडेकि महिला ऐसेलुखर्क गाउँपालिका –४ जलेश्वरीकि करिब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा फेला पर्नुभएको हो ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई झापामा कार्यरत आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहानसहित तीन जनाविरुद्ध चार लाख रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
‘धेरैले विदेशको कमाइले घरजग्गा जोड्छन् । गाउँबाट राजमार्ग छेउमा बसाइ सर्छन् । साथीभाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिन्छन् । तर म आत्मनिर्भर हुन खोजेँ । घरजग्गाको सट्टा गाई पालनमा लगानी गरेँ । अहिले मासिक १ लाख बचत भइरहेको छ’ कपिलवस्तु बाणगंगा नगरपालिका –६ भगलापुरका झविन्द्र पौडेलले बताउनुभयो ।
राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ।