नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ। शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ। कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन। गत १२ पुसदेखि नाका खुला भएको थियो। कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनले नयाँ वर्ष र ल्होछार पर्वका लागि भनेर आगामी फेब्रुअरी ५ सम्म नाका बन्द गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत तथा कानुनी सुधार गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने बताउनुभएको छ। प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स र नेपालमा लगानी विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनुभएको हो।
स्थानीय तहका उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गर्ने प्रणाली अहिलेसम्म निर्माण हुन सकेको छैन । यस्तो प्रणालीको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासका उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा एकीकृत रूपमा अभिलेखीकरण हुन सकेको छैन ।
अचेल सहर–बजारतिर सीसीटीभी क्यामरा (निगरानी क्यामरा) जडान गर्ने चलन उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।
मौसम विज्ञान विभागले आज सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
सङ्गीत महर्षी नातिकाजिको ९८ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ संगीतकार देवेन्द्र गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहनुभएका गिरी सम्मानित हुनुभएको हो । उहाँलाई बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार बैरागी काईंलालेसमेत सम्मानित गर्नुभयो ।
उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसमा स्मरण शक्ति कमजोर भइरहेको बताउनुभएको छ।
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ।
गुल्मीको एक पालिकालाई त्यहाँका सेवाग्राहीले गुनासोसँगै सुझाव दिएका छन्।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली विजेता भएकोमा बधाइ दिनुभएको छ ।
गोरखापत्रका रुपन्देही समाचारदाता कपिल ज्ञवाली पुरस्कृत हुनुभएको छ। उहाँलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
काठमाडौं, माघ ८ गते। स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ। शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट उक्त कार्यक्रम सुरु भएको हो। शनिबार गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम भएको हो। नेपाल टुरिजम प्रोमोसन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा कार्यक्रम भएको हो। नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो।नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका सय वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ। काठमाडौं उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचीमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ। पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो वैशाखमा काठमाडौंको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव’ हुनेछ।
विभिन्न जातका फलफूलको विरुवा उत्पादन गर्ने रौतहटको किसानले सञ्चालन गर्दैआएका नर्सरी व्यवसाय सङ्कटमा परेको छ । नर्सरीमा उत्पादित विरुवाको उचित मूल्य पाउन छाडेपछि व्यवसाय सङ्कटमा परेको हो ।