• १३ साउन २०८१, आइतबार

सुन प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, साउन ७ गते। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ। 

राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका  अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कर्मचारी कुमार ढकाल र सरोज श्रेष्ठ तथा भन्सार एजेन्ट सुदर्शन श्रेष्ठ, यादव पराजुली र रुक्मीणा सुब्बा रहेका छन्।

भन्सार विभागले उनीहरूको लापरबाहीका कारण सुन जाँचपास भएको भन्दै शनिबार निलम्बन गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि उच्च अदालत पाटनले छ दिनको म्याद थपेको छ। 

विभागले यसअघि १० जनालाई पक्राउ गरिसकेको छ। जसमा एक भारतीय र एक चिनियाँ नागरिक समेत छन्। 

यो पनि पढ्नुहोस

सुन तस्करीमा त्रिदेशीय सञ्जाल

१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी

सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

झण्डै सय किलो सुन बरामद

विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै