• १९ वैशाख २०८३, शनिबार

राति लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । 

आज शनिबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि आइतबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । 

पर्सी सोमबार कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।