नेपालगञ्ज-मानसरोवर ‘माउन्टेन फ्लाइट’ हुने भएको छ। माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो।
चुरे क्षेत्रको संरक्षण गर्ने काममा तीनै तहका सरकारले समन्वय गरी आफनो कार्यक्रम तयार गर्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । गृह मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले जनकपुरधाममा गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो बताउनुभएको हो ।
ताप्लेजुङस्थित कर्मचारी मिलन केन्द्रको अध्यक्षमा टङ्कबहादुर भट्टराई चयन हुनुभएको छ।केन्द्रको ११ औं साधारणसभा तथा अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ।
सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ ।
भारतको विहार घुमन गएको बेला जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालले गर्व गर्ने व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत। मोतीबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताउनुभएको छ ।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
गत असोजमा परेको वर्षाले झोलुङ्गे पुल क्षतिग्रस्त भए पनि चार महिना बित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।
झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकालाई ३-० को सोझो सेट हरायो ।
नेपालकी सूमा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा समस्यामा रहेका नागरिक अब बिजुली पुग्ने भएपछि खुसी भएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।