म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।
सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ ।
पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो । त्यो योजना प्रजातन्त्र बहालीपछि वि.सं. २०१६ मा नेपाली कांग्रेसका सभापति बिपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने सो सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई दिने गरिएको छ ।
यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुभएकी छन् । छिरिङले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्न लाग्नुभएको हो ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पशु आहारा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएसँगै कृषकहरूलाई राहत मिलेको छ ।
लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो ।
कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।
आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गन दिइएको छ ।
कैलालीको गोदावरीस्थित रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ ।
राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति पारित गर्नका लागि अहिले सञ्चालन समितिको बैठक बसिरहेको छ ।
वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताउनुभएको छ ।
नेपाल प्रहरीले ७२ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । जनपद प्रहरी समूह तर्फ ६४ जना, प्राविधिक समूह इन्जिनियरिङ तर्फ छ जना, स्वास्थ्य तर्फ दुई जना गरी ७२ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो ।
सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पु र्याउनुभएका तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएका २३ जना व्यक्तित्व र दुई संस्थालाई सम्मान गरेको छ । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा ‘अक्षलोक साहित्यिक पत्रिका’ को ६५ औ अंक तथा डा.सावित्री श्रेष्ठ ‘शिसा’र स्वर्णिमा श्रेष्ठको संयुक्त कविता संग्रह ‘असाधारण’ को विमोचन पनि गरिएको थियो । वरिष्ठ साहित्यकार मोतीलक्ष्मी शाक्यको प्रमुख आतिथ्य र सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोल विशिष्ठ अतिथीको रूपमा उपस्थित रहनुभएको थियो ।