काठमाडौं, साउन ७ गते । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुभएकी छन् । छिरिङले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्न लाग्नुभएको हो ।
छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसक्नुभएको छ । उहाँ टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुनुहुन्छ ।
यो फिल्म यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा उहाँ निर्माताका रूपमा पनि जोडिएका छन् । फिल्मको छायाङ्कन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताउनुभयो । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।
निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उहाँले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।