सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन बागमती प्रदेश सरकारले ती विद्यालयलाई बस खरिदमा अनुदान दिँदै आएको छ। सामुदायिक विद्यालयमा माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थी टिकाउ दर घट्दै जाने प्रवृत्ति देखिएपछि प्रदेश सरकारले विद्यालयलाई बसमा अनुदान दिन थालेको हो। विद्यालयको आफ्नै बस भएपछि टाढाबाट विद्यालय आउने सामुदायिक विद्यालयका विद्यार्थीलाई समयको बचत र आउजाउ गर्न सहज भएको छ। प्रदेश सरकारले बस खरिदमा प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिँदै आएको छ। अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका कर विद्यालयले छुट पाउने व्यवस्था रहेको छ।
लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।
संसार डिजिटल युगमा प्रवेश गरेको छ। मानव जीवनको अभिन्न अङ्ग बनेका कम्प्युटर र तिनमा रहने डाटाको सुरक्षा व्यक्ति, संस्था र देशकै सुरक्षाका निम्ति अपरिहार्य बन्न पुगेको छ। संसारभर कम्प्युटरमा राखिएका डाटा कसैले भाइरस पठाएर ध्वस्त पारिदिएपछि दैनिक कामकारबाहीमै असर पर्ने गरेको छ। कागज होइन, कम्प्युटर/इन्टरनेट प्रणालीमा आधारित डिजिटल युगमा प्रवेश गर्दैगर्दा नेपालमा पनि व्यक्तिगतदेखि राष्ट्रकै अति संवेदनशील सूचनाहरू कम्प्युटरमै भण्डार भइरहेका छन्। कम्प्युटर आफूसँगै रहे पनि डिजिटल प्रविधिले त्यसमा अपराधीहरूको पहुँच पनि पु¥याइदिएको हुन्छ। त्यस्ता अपराधीको डिजिटल आक्रमणबाट व्यक्ति,
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने प्रतिबद्धतामा यति बेला सरकार खरो उत्रिएको छ। सरकारका यी काम प्रशंसनीय छन्; जसको भारी प्रशंसा भइरहेको छ। सरकारले के बिर्सन हुँदैन भने भ्रष्टाचारविरुद्धका यी कामलाई बलियो कानुनको बलियो समर्थन चाहिन्छ, ती कानुन संसद्मा थन्किएका छन् । संसद् मिटरब्याजीविरुद्धको कानुन पनि पारित गर्न तयार छैन भन्ने प्रमुख प्रतिपक्षले प्रस्ट पारिसकेको छ । ती कानुन शिघ्रातिशिघ्र पारित र प्रभावकारी कार्यान्वयन आजको प्राथमिकताको विषय हो ।
जङ्गली युगमा मानिस भोक मेटाउन सिकार गर्थे। समयको परिवर्तनसँगै मानिसले खेती गरी अन्न उत्पादन गर्न सिके। अहिले मानिसहरू यही अन्नका लागि खेतबारीमा पसिना बगाउँदै छन्। मानव जीवनका लागि उपभोग गर्न मिल्ने धान, मकै, गहुँ, कोदो, फापर आदि खाद्य खेतबारीबाट उत्पादन हुने गर्छ। यस्ता खाद्यभित्र प्रशोधित, अर्धप्रशोधित वा अप्रशोधित मानव उपभोग्य खाद्यवस्तु पर्छ। मानिसको श्रम, सिप, प्रविधि, औजार, मल, बिउ तथा सिँचाइको उचित प्रयोग गरेर देशमा रहेका
गुल्मीमा स्थानीय जातको आलुलाई ब्राण्डिङ् गर्न सुरु गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र मालिका गाउँपालिकामा परम्परागत रूपमा उत्पादन हुँदै आएको स्थानीय जातको रैथाने आलुलाई बजारीकरण गर्न आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।
हिजो साउन ६ गते नेपाली कांग्रेसका संस्थापक महामानव बिपी कोइरालाको स्मृति दिवस मनाइयो। आज नेपाल कम्युनिस्ट पार्टीका समादरणीय नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस हो। आजका मितिसम्म कांग्रेस पार्टी र कम्युनिस्ट पार्टी सबैले आआफ्ना नेताले निर्धारण गरेको मार्गमा हिँडिरहेको दाबा गर्दै आएका छन्। यिनै नेताहरूका नाममा राजनीति
पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक, नेपाली कम्युनिस्ट आन्दोलनका अथक क्रान्तिकारी योद्धा र संयुक्त जनआन्दोलनको सिद्धान्तकार हुनुहुन्छ। आजभन्दा ७४ वर्षपहिले अर्थात् विक्रम संवत् २००६ वैशाख १० (सन् १९४९ अप्रिल २२) का दिन भारतको कलकत्तामा एक बङ्गालको घरमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो। नेपाल कम्युनिस्ट पार्टीका अन्य संस्थापक सदस्यमा निरञ्जनगोविन्द वैद्य, रामविलास जोशी र नरबहादुर कर्माचार्य हुनुहुन्छ। पार्टी स्थापनाको सुरुमै कमरेड पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित गरिएको थियो। त्यसैले कमरेड पुष्पलाल नेपाल क
चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत लागु गरिएको विलासिता शुल्क र वैदेशिक पर्यटन शुल्क उठाउने बाटो खुलेको छ । आन्तरिक राजस्व विभागले यी दुवै किसिमका शुल्क उठाउने छुट्टाछुट्टै कार्यविधि जारी गरेपछि शुल्क उठाउने बाटो खुलेको हो । चालु आवको आर्थिक ऐनमार्फत सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेका बखत सेवाबापत असुल हुने मूल्य अभिवृद्धि करअघिको मूल्यमा दुई प्रतिशतका दरले विलासिता शुल्क लिने व्यवस्था गरेको छ ।
नेपाली चलचित्र उद्योगमा ऋषिराज आचार्य एक उदीयमान निर्देशक मानिनुहुन्छ । २०५८ सालमा टेलिचलचित्रबाट प्रवेश गर्नुभएका आचार्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सपना बोकेर यस क्षेत्रमा सङ्घर्षरत हुनुहुन्छ । उहाँले आधा दर्जनभन्दा बढी नेपाली चलचित्र निर्देशन गरिसक्नुभएको छ । तीमध्ये केहीले राम्रै सफलता पनि हासिल गरेका छन् । कलाकार बन्ने सपना देखेर यस क्षेत्रमा प्रवेश गर्नुभएका आचार्यलाई काम गर्दै जाँदा चलचित्रको पर्दाभन्दा पर्दा पछाडिबाट काम गर्ने निर्देशक हिरो जस्तो लाग्न थाल्यो । त्यही सोचले उहाँ सुरुमा कथा लेखनमा लाग्नुभयो । २०५८ देखि पाँच वर्षसम्म वरिष्ठ निर्देशक शम्भु प्रधानको सहा
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
गर्न सिकाउने शिक्षा नै प्राविधिक शिक्षा हो । सिपमूलक बनाउने शिक्षा हो । गरेर सिक्ने शिक्षा हो । सिप सिक्न चाहनेका लागि ज्ञान दिने विषय नै प्राविधिक शिक्षा हो । सिपका साथसाथै मनोदृष्टि र व्यवहार पनि जोडिन्छ । सिप सिकेर त्यसलाई व्यवहारमा कसरी उतार्र्छौं भन्ने फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा आफूले काम सिकेर त्यसलाई जीवनमा प्रयोग गर्न सकिने उपायका बारेमा ज्ञान प्रदान गरिन्छ । घरमा पनि आफ्ना बच्चामा सिप छ कि छैन भन्ने गर्छौं
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
व्यवस्थापन विषय अन्तर्गत संस्थाको व्यवस्थापन, व्यक्तिगत व्यवस्थापन, मानवस्रोत व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका व्यवस्थापन पर्छ । कुनै पनि संस्था सञ्चालन गर्नका लागि गर्नुपर्ने विभिन्न व्यवस्थापन यस विषयभित्र पर्दछन् । व्यवस्थापन विषयलाई पहिले वाणिज्यशास्त्र भनिन्थ्यो । नेपालमा त्रिचन्द्र कलेजको स्थापनापछि व्यवस्थापन विष