नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशअनुसार अञ्चल भन्नाले किनार, तीर कुनै मुलुक वा प्रदेशको एक भाग, क्षेत्र, प्रदेश, घाटी, फेदी, सारी, पछ्यौरा आदिको छेउ वा किनारा, सप्को भन्ने बुझिन्छ । यसो भएपछि आञ्चलिक भन्नाले अञ्चल वा क्षेत्रसँग सम्बन्धित विषय हुने भए । सदरको अर्थ देश वा प्रदेशको केन्द्रीय स्थल, राजधानी, प्रधान, मुख्य, उचित हो । नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ जिल्ला, राजधानीभन्दा बाहिरको स्थललाई शब्दकोशले मोफसल भनेको छ । यो नै जनसामान्यको बुझाइ पनि हो तर कानुनका किताबमा जसरी ‘विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा’ भने झैँ साहित्यमा अञ्चल, आञ्चलिकता, सदर र मोफसललाई शब्दकोशले जसरी नै बुझ्नुपर्छ भन्ने छैन ।
स्वदेश फर्कदा होस् वा स्वदेशबाट विदेश प्रस्थान गर्दा उहाँको मन चसक्क हुने गर्छ । हवाईजहाजको बाक्लो सिसाबाट देखिने मातृभूमिको रमणीय दृश्यले उहाँको भावुक मनले यही प्रश्न बारम्बार सोधिरहन्छ– यति विशाल स्थानमा पनि मैले सानो जमिन पनि पाउन किन सकिनँ ? २६ वर्षको उमेरमा भारतीय नागरिकसँग बिहे गरिसकेपछि पनि उहाँको उही दुखेसो छ– मान्छेहरूको यो विधि भीडमा मलाई माया गर्ने र बिहेको प्रस्ताव राख्ने पनि कोही किन फेला पार्न सकिनँ यो भूमिमा ?
दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्ब बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।
जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ । मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो । पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताउनुभयो ।
नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको भए पनि बैतडी जिल्लामा भने ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ । यस जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गरेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कमी आएको बताएको छ ।
भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ। भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको व्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो। साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी यो गाउँपालिका बनेको हो। खजुरा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट डम्बरबहादुर विक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो। खजुराको विकास निर्माणलगायतका विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकसँग गोरखापत्रकर्मी गोविन्द शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेपः
तनहुँको आँबुखैरेनी गाउँपालिका–५, लाम्दीकी रेखा गुरुङलाई विद्यालय जान सधैँ हतार हुन्थ्यो। कक्षा ९ मा पढ्ने रेखालाई घरबाट विद्यालयसम्म पुग्न करिब २:३० घण्टा र फर्किन पनि त्यति नै समय हिँड्नुपर्ने थियो। सोही ठाउँकै कक्षा १० पढ्ने मुना गुरुङसँग पनि अर्को विकल्प थिएन। यो समस्या रेखा र मुनाको मात्रै होइन वडा नम्बर ५ मा माध्यमिक तहको विद्यालय नहुँदा टाढा धाउनुपर्ने बाध्यता सबैको थियो। गाउँपालिकाले निःशुल्क सवारीसाधनको व्यवस्था गरेपछि अध्ययनका लागि आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न सहज भएको हो।
स्याङ्जामा पानीको मूल जोगाउन बृहत् वृक्षरोपण अभियान सुरु गरिएको छ। अभियान अन्तर्गत जिल्लाका ९७ वटै वडामा माटो सुहाउँदो बिरुवा रोपिने भएको छ। पछिल्लो समय पानीका मूल सुक्ने क्रममा रहेको भन्दै जिल्लाभर एक लाख बिरुवा रोप्ने कार्यक्रम तय गरिएको राष्ट्रिय सङ्कल्प अभियानका संयोजक दुर्गादत्तभुसालले जानकारी दिनुभयो।
जनप्रतिनिधिबिचको विवादका कारण सर्लाहीको छ वटा पालिका बजेटविहीन बनेका छन्। यहाँको २० मध्ये १९ वटा पालिकाले गाउँ तथा नगर सभाको उद्घाटन सत्र सम्पन्न गरे पनि बजेट पारित गर्न सकेका छैनन्। चरम विवादमा फसेको हरिपूर्वा नगरपालिकाले नगर सभाको उद्घाटन सत्र नै गर्न सकेन। उद्घाटन सभा गरेका बाँकी १९ वटा पालिकामध्ये
चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो पारिश्रमिकबाट ६१ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराउनुभएको छ। आर्थिक वर्ष २०७९/८० मा वडाध्यक्षको हैसियतले आफूले पाउने एक वर्षको रकमबाट विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गराएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो। वडाध्यक्ष उप्रेतीले गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत बिमा बोर्डलाई दुई लाख १३ हजार पाँच सय रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ। वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “वडावासीको स्वास्थ्यको विषयमा चुनावमा मैले जे बोलेको थिएँ, त्यो क्रमशः पूरा गर्दै जाने छु।”