हरेक व्यक्तिको कथा, व्यथा एवं गाथाहरू भिन्न–भिन्न ढङ्गले बितिरहेका हुन्छन् । त्यस्तै मेरो पनि । साङ्गोपाङ्गमा भन्ने हो भने ती सबै कुरा एउटै परिधिमा बेग्लै बेगमा चलायमान भएर सौरङ्गी भेषमा छरपष्ट हुन्छन् । मन परेको कलेवरलाई ग्रहण गरी आफू अगाडि बढ्ने हो । नसोचेका र सोचेका दुवै कुरा आउँछन् र जान्छन् तर जीवनको विशिष्टतामा कुनै फेरबदल हुँदैन । मानिसको सोच, नियत र चित्तवृत्ति मात्र अस्थिर भएर भ्रान्त मनमा विचलन भइरहेका हुन्छन् । जसरी अरूको जिन्दगी चलिरहेको छ, उसरी नै मेरो र साथसाथै हामी सबैको । अरूसँग मेरो पनि यो कथा मेल खान्छ कि ?
बागमती प्रदेश सरकारले मुख्यमन्त्री पाएको दुई साता पुग्न लाग्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशमा नयाँ सरकार गठनसँगै मन्त्रालयको सङ्ख्यामा कटौती र सत्ता गठबन्धनबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो । प्रदेशको १४ वटा मन्त्रालयमध्ये १३ वटा मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक्लै सम्हाल्दै आउनुभएको छ । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बन्नुभएका उद्धव थापा मन्त्रालयविहीन मन्त्री बनेको दुई साता पुग्न लागेको छ । बिना विभागीयमन्त्री थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय दाबी गर्नुभएको र सत्ता गठबन्धनमा रहेका दलले दिन आनाकानी गर्दा थापाको मन्त्रालय टुङ्गो लाग्न ढिलाई भएसँगै उहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा सीमित बन्नुभएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्तिपछि २६ गते शपथ लिएर
टीकापुर बहुमुखी क्याम्पस र वन डिभिजन कार्यलयबीच काठ बिक्रीको क्षेत्राधिकारबारे विवाद हुँदा यहाँ सङ्कलित काठ त्यत्तिकै सड्ने अवस्था आएको छ। क्याम्पसले आफ्नै जग्गाभित्र रहेको काठ सङ्कलन गरेर बिक्री गर्न खोजेको थियो तर वन कार्यालयले क्याम्पस निर्माण हुनुभन्दा अगाडिको पुरानो सालको रुख भन्दै उक्त रुखको काठ बिक्री गरेको रकम क्याम्पसले नपाउने दाबी गरेको छ। क्याम्पसले २०७४ वैशाखसम्म दुई हजार ५८४ क्युफिट काठ सङ्कलन गरेर क्याम्पस हातामा राखेको छ तर बिक्री गर्न नपाएपछि क्याम्पसले त्यसयता काठ सङ्कलन गर्न पनि छोडेको छ।
स्थानीय तहका जनप्रतिनिधिले नातागोता र आफ्नै घरका सदस्यलाई भान्छे र स्वकीय सचिव राख्ने प्रवृत्ति बढेका बेला बैतडीको शिवनाथ गाउँपालिकाले समाजमा हुने जातीय छुवाछूत हटाउन दलित समुदायका व्यक्तिलाई खाना पकाउने भान्छे नियुक्त गरेको छ। समाजमा हुने जातीय विभेद हटाउनुपर्छ भन्ने सन्देश दिन गाउँपालिकाले दलित समुदायका व्यक्तिलाई भान्छे नियुक्त गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो।
कुनै बेला सामाजिक न्याय/अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा यहाँ रहेका ऐतिहासिक शिलालेख र मूर्तिहरू डाँडामा अलपत्र परेका छन्। कोट भत्केर ढुङ्गा छरपस्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ। दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेख भेटिन्छन्। यो कोटमा वि.सं. १६३० देखि १६५० सम्म रुद्रवीर शाहले राज्य गरेको स्थानीय जानकार उद्धव मार्कण्डले बताउनुभयो।
लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताउनुभयो।
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको आरोप लागेको छ। नगर क्षेत्रबाट सङ्कलित फोहोरको उचित व्यवस्थापन नगर्दा छिमेकी पालिका वराहतालमा असर परेको बताइएको हो। वीरेन्द्रनगरले वडा नं. १ स्थित तारेभीर नजिकै फोहोर विर्सजन गर्दै आएको छ। उक्त ठाउँ वराहताल–१० को पूर्व सिमानासँग जोडिएको छ। बस्तीनजिकै फोहोर जलाउँदा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै विरोध भएको छ। फोहोर व्यवस्थापनमा ध्यान नदिँदा दुई पालिकाबीच लामो समयदेखि द्वन्द्व छ।
रामेछापको खाँडादेवी गाउँपालिका–५, पकरबासको सल्लेनी सामुदायिक वनमा जननेता मदन भण्डारीको स्मृतिमा पार्क निर्माण भइरहेको छ । गाउँपालिकाले विनियोजन गरेको १० लाख रुपियाँबाट सुरु गरिएको पार्क परिसरमा खेल मैदानलगायतका केही संरचना निर्माण गरिएको थियो । त्यसपछि बागमती प्रदेश सरकारको ५० लाख रुपियाँ बजेटबाट पार्क निर्माणको काम गरिएको सल्लेनी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष घनश्याम सार्कीले बताउनुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताउनुभएको छ ।
चितवनमा भएको चरा गणनामा लोपोन्मुख प्रजातिका चराको सङ्ख्या बढेको पाइएको छ । पुस महिनाको अन्तिम साताबाट गणना गरिएको चितवनमा कालो गरुड र भुँडीफोर प्रजातिको चराको सङ्ख्या राम्रो देखिएको हो । यी दुई चरालाई संरक्षित सूचीमा राखिएको छ । विश्वबाटै लोपोन्मुख भुँडीफोर प्रजाति रैथाने जातिको चरा हो । “यो चरा विगतका वर्षमा हराउँदै गएको थियो, अहिले देखा पर्न थालेको छ,” बर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले भन्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रित्ती, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाले सदरमुकाम चरीकोटको बजार क्षेत्रमा जडान गरेको ‘स्मार्ट लाइट’ले प्रकाशसँगै सुरक्षा पनि दिएपछि स्थानीय व्यवसायी प्रसन्न भएका छन् । सदरमुकामको मुख्य सातादोबाटो र पशुपतिडाँडामा जडान गरिएका लाइटले व्यवसायीलाई सुरक्षित बनाएको छ । सातादोबाटोका व्यवसायी ऋषिप्रसाद न्यौपानेले भन्नुभयो, “बत्तीको उज्यालोले रातभर सुरक्षाको पनि काम गरिदिएको छ । रातिको चोरीचकारीसमेत बन्द भएको छ । न हुलदङ्गा, न झैझगडा; बजार शान्त बनेको छ ।”
आदिवासी जनजाति मध्ये बौद्ध धर्मावलम्बीले मनाउने सोनाम लोसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुभकामना सन्देश दिनुभएको छ ।