नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रधानमन्त्रीले गर्ने कार्यको जिम्मेवारी तोक्नु भएको छ ।
मधेश प्रदेशको धनुषा, महोतरी, सर्लाही र सिरहा जिल्लामा पर्ने हुलाकी सडक कालोपत्रे गर्ने निमार्णको काम गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ ।
सुनसरीको इटहरी-१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित हुँदै लोभ र डरबाट मुक्त भएर देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ।
पाँचथरको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्न भनेर खरिद गरिएको बेसारको बीउ बोरामै उम्रिएको छ ।
काभ्रेपलाञ्चोकको कोसिपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुको पाखो खेतमा धान खेतीले देखिएको हरियाली सुन्दर दृश्य ।
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज (शनिबार) सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले बीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गरी काम अघि बढाउने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ ।
२०७४ यता कालीकोटका स्थानीय सरकारले आफ्नो पहिलो रोजाइमा राखेका सडक अहिले दश प्रतिशत मात्र प्रयोगमा छन् । स्थानीय सरकारले सडक विस्तारको कामलाई विकासको सूचीमा राखेका थिए ।
नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।