• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

काभ्रेपलाञ्चोकको कोसिपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुको पाखो खेतमा धान खेतीले देखिएको हरियाली सुन्दर दृश्य । तस्बिरः पेमा लामा/रासस


काठमाडौंको बल्खु क्षेत्रमा आकर्षक गुँड बनाउँदै तोप चरा   तस्बिर : बिकाश द्वारे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बुधबार बरामद भएको सय किलो बढी सुन । यसको तौलबारे यकिन विवरण अझै आइसकेको छैन । तस्बिर : सुजन गुरुङ

घोराही उपमहानगरपालिका–४ स्थित सुन्दर पहाडी गाउँ सवारीकोट  । तस्बिरः कुलदीप न्यौपाने/रासस

थानकोटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुंगा सुरुङ मार्ग । सो सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । तस्बिर : सुजन गुरुङ 


बुधबार हेलिकप्टरबाट लिएको गोरखाको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य  ।  तस्बिरः प्रदीपराज वन्त/रासस


साउने सङ्क्रान्ति तथा साउनको पहिलो सोमबारका दिन देवघाटधाममा स्नान गर्न आएका भक्तजन । साउनको सोमबार देवघाटमा स्नान गरी भगवान् शिवको पूजा आराधना  गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । तस्बिरः सनद अधिकारी÷रासस