सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजित टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो ।
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले आफू मजदुरको साथी सांसद बन्न चाहेको बताउनुभएको छ।
इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए ।
काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।
लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो ।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताउनुभयो ।
बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ ।
मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ ।
वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सक्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा शनिबार सुनसरीको इनरुवा नगरपालिका –९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ ।
कर्णाली प्रदेशका दुर्गम गाउँमा अझ पनि फोन सेवा बिस्तार हुन सकेको छैन । खोला खोल्सामा बसोबास गर्ने नागरिकले आफन्तको खबर बुझ्न अग्ला डाँडा चढ्नुपर्छ । कोहीले घरबाहिर मोबाइल राखेर सन्देशको प्रतीक्षा गर्छन् ।
कपिलवस्तुमा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् । जिल्लामा लम्पी रोगका कारण ३ सय ६० गाईगोरुको ज्यान गएको छ । जिल्लामा बुधवारबाट भ्याक्सिन लगाउन सुरु गरिएको हो ।