प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।
प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै आपत्ति जनाउनुभएको छ।
जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ ।
चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।
बेलायती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान सङ्कटमा रहेको बताउनुभएको छ ।
दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले जित्नुभएको छ ।
गुल्मीको तम्घास बजारलाई हर्न निषेधित क्षेत्र बनाइने भएको छ । रेसुङ्गा नगरपालिकाको मुख्यबजार एवम् जिल्लाको सदरमुकाम तम्घासलाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैङ्कको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैङ्कहरूलाई दबाब आउन थालेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षी दललाई दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा एक व्यक्ति बेपत्ता भएको तीन दिनपछि शव फेला परेको छ । प्रहरीका अनुसार फुरुम्बुका स्थानीय टङ्कबहादुर नुगो लिम्बूको शव फेला परेको हो ।