सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा परम्परागत सामनको डोला (पिङ) सञ्चालन गर्ने सन्दर्भमा यस वर्ष अन्योलता सिर्जना भएको छ। मलमासका कारण साउन महिनाभरि सञ्चालन गर्ने सामनको डोलाबारे अन्योलता सिर्जना भएको हो। रानाथारू समुदायले साउन महिनामै मनाउने तीज यस पटक भदौ २ गते सारिएको छ। तीजसँगै जोडेर यो समुदायका मानिसले साउन महिनामा सामनको डोला सञ्चालन गरी त्यसमा रमाउने गर्छन्। तर, यो वर्ष सामनको डोला सञ्चालन गर्ने सन्दर्भमा रानाथारू समुदायबिचमै विभाजन देखिएको छ।
डिभिजन वन कार्यालयले असार मसान्तमा पूरा गरिसक्नुपर्ने काम साउन महिनामा पनि जारी राखेको छ। असार महिनामा कर्मचारीका नाममा दुई पटक पेस्की रकम झिकेर साउन महिनामा पनि काम जारी राखेको हो। कार्यविधिमा कर्मचारी परिचालन गरेर काम गर्नुपर्ने उल्लेख छ। तर, डिभिजन वन कार्यालयले कर्मचारी परिचालनको बुँदालाई टेकेर कर्मचारीका नाममा पेस्कीमाथि पेस्की रकम झिकेर काम गरिसक्नुपर्ने समयभन्दा पछि पनि काम जारी रहेको पाइएको छ।
बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ ।
सुन्दा पनि अचम्म लाग्न सक्छ, यो समयमा आएर मानिसले रुखमा घर बनाएर बस्ने गरेका छन् भनेर तर गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले बाँदरबाट मकै खेती जोगाउनका लागि रुखमै घर बनाएर रात काट्ने काम गर्नुभएको छ । मकै खेती बाँदरबाट जोगाउनका लागि निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि टहरा निर्माण गरेर बाँदर धपाउन बाध्य भएको न्यौपानेले बताउनुभयो । अग्लो रुखमा टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “घरमा एक्लै छु, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै टहरा बनाएर बाँदर हेर्नु र धपाउनुबाहेकको विकल्प भएन ।” बाँदर धपाउन स्थानीय सरकारले पनि पहल नगरेको उहाँको गुनासो छ ।
उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन आएको छ । टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।
यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् । एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दुरी र पृृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको सहिद बुद्धसिंह मार्गको निर्माण कार्यप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो राख्नुभएको छ । जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि राष्ट्रपतिले निर्माणको प्रगतिको जानकारी लिनुका साथै ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रपति पौडेलले सचिवालयमार्फत उक्त मार्गको अनुगमनका लागि खटाउनुभएको छ ।
भूकम्पको केन्द्रबिन्दु बारपाक सुलीकोट गाउँपालिकाको बारपाकमा भ्युटावर निर्माण गरिएको छ । गोरखाको ऐतिहासिक ठाउँ बारपाकमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्युटावर निर्माण गरिएको हो । बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बारपाक घुम्न आउने पर्यटकलाई एकै ठाउँबाट सिङ्गो बारपाक गाउँ र बारपाक वरपरको मनोरम दृश्यको अवलोकन गर्न सक्ने गरी बारपाकमा भ्युटावर निर्माण गरिएको जानकारी दिनुभयो ।
कोशी प्रदेशमा डेङ्गुको सङक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ। यो वर्ष अहिलेसम्म कोशी प्रदेशमा ३५७ जनामा डेङ्गुका बिरामी फेला परिसकेका छन्। निर्देशनालयका अनुसार साउनको पहिलो सातासम्म ३५७ जना सङ्क्रमित फेला परेका हुन्। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा निकै उच्च हो। अघिल्लो वर्ष यो अवधिमा जम्मा ४२ जना मात्रै सङ्क्रमित फेला परेको कार्यालयको स्वास्थ्य अधिकृत विवेचना चौलागाईले बताउनुभयो। स्वास्थ्य निर्देशनालयले विभिन्न सचेतना कार्यक्रमसहित परीक्षणका लागि किट व्यवस्थापनलगायतका कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो।
जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । उक्त सुरुङ मार्गको पहिलो चरणको अध्ययनको जिम्मेवारी आइटेको टीएमएस रे जेभीले पाएको लिएको छ ।
सर्वोच्च अदालतले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्धको रिट खारेज गरे पनि अनेकन समस्या थाती रहेकाले कलेज निर्माणले अपेक्षित गति लिन सकेको छैन। कलेजविरुद्ध वातावरण अभियन्ताहरूले २०७८ माघ ३ गते दायर गरेको रिट निवेदनलाई सर्वोच्चले खारेज गरेपछि एक हजार शøया क्षमताको यो कलेजको निर्माणले गति लिने आमविश्वास थियो।
शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ को मञ्चन सुरु भएको छ। काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रूपमा नाटक मञ्चन सुरु भएको हो। नाटक एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ। अभिनेतृ शिल्पा मास्केले यसै नाटकमार्फत रङ्गमञ्चमा डेब्यु गर्नुभएको छ। नाटकमा अभिनेता दिव्यदेव मानवको भूमिकामा देखिनुभएको छ। त्यस्तै तीन अभिनेतृ शिल्पा मास्के, आकाङ्क्षा कार्की र वासना तिमल्सिना मायावीको भूमिकामा देखिनुभएको छ भने जेलरका रूपमा मिल्सन राई हुनुहुन्छ।
नेपाल निर्माण व्यवसायी महासङ्घले बाँकी रहेको रकम भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न तथा मूल्यवृद्धि फ्रिज नगर्न माग गर्दै राष्ट्रिय भेला आयोजना गरेको छ । माग पूरा गराउन दबाब दिने उद्देश्यले शुक्रबार राजधानीमा आयोजित सो भेलामा ७७ जिल्लाका निर्माण व्यवसायी सहभागी छन् । महासङ्घका अध्यक्ष रवि सिंहले म्याद थप निर्माण व्यवसायीको भन्दा सरकारको आवश्यकता रहेको उल्लेख गर्दै सरकारको निर्देशन भए पनि कर्मचारीहरूले म्याद थप गर्न नमानेको तथा म्याद थपका लागि उनीहरूको चाकरी गर्नुका साथै अतिरिक्त सम्बन्ध बनाउनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी कर्मचारीले सरकारले दिएको निर्देशन कार्यान्वयन नगर्दा निर्माण व्यवसायीले अतिरिक्त सम्बन्ध बढाउनुपर्ने भएको छ ।”
प्रहरीले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई नियन्त्रणमा लिई थप कारबाही अगाडी बढाएको जनाएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) दक्षिण कोरियामा गई काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन माग गरेको छ । सो शाखाले शुक्रबार सूचनामार्फत कोरियामा वैधानिक तरिकाले चार वर्ष १० महिना काम गरेर फर्किएका श्रमिकका लागि पुनः पठाउने गरी आवेदन माग गरेको हो । सो शाखाका अनुसार पुनः दक्षिण कोरिया जान चाहनेले आउँदो साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने छ । कोरिया भाषाको परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ भने यसको नतिजा आउँदो असोज ३ गते सार्वजनिक गरिने सो शाखाले जनाएको छ ।