शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, साउन ६ गते । शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ को मञ्चन सुरु भएको छ। काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रूपमा नाटक मञ्चन सुरु भएको हो। नाटक एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ।
अभिनेतृ शिल्पा मास्केले यसै नाटकमार्फत रङ्गमञ्चमा डेब्यु गर्नुभएको छ। नाटकमा अभिनेता दिव्यदेव मानवको भूमिकामा देखिनुभएको छ। त्यस्तै तीन अभिनेतृ शिल्पा मास्के, आकाङ्क्षा कार्की र वासना तिमल्सिना मायावीको भूमिकामा देखिनुभएको छ भने जेलरका रूपमा मिल्सन राई हुनुहुन्छ।
घिमिरे युवराजको निर्देशन, कुमार नगरकोटीको लेखन रहेको नाटक साउन ५ देखि भदौ २ गतेसम्म शिल्पी थिएटरमा नियमित मञ्चन हुने छ।